एमालेको चुनावी हारको प्रतिवेदन बादलले बनाउने
काठमाडौं। नेकपा (एमाले)ले चुनावी हारको प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिने प्रस्ताव गरेको छ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गर्ने गर्ने उल्लेख छ। जसमा कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का नाम प्रस्ताव गरिएको छ।
त्यस्तै,सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ,शंकर पोखरेल,छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,प्रदीप ज्ञवाली र सबै प्रदेशका इन्चार्जलाई सदस्य प्रस्ताव गरिएको छ। शुक्रबार बस्ने एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त प्रस्ताव पारित गर्नेछ।
