आज जेठ ०८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष- घर परिवारसँगै बसेर काम गर्दा बाध्यात्मक परिस्थितिमा अलमल हुन सक्छ । उच्च शिक्षा तथा वैदेशिक अध्ययनमा रहेका विद्यार्थीका लागि राम्रो समय छ । स्वास्थ्य सामान्य रहेपनि मानसिक तनाव बढ्न सक्छ ।

वृष- इष्टमित्रसँग भेटघाट हुने तथा साझेदारीमा सकारात्मक परिणाम मिल्ने समय छ । कार्य क्षेत्रबाट राम्रो उपलब्धि प्राप्त हुन सक्छ । तर जिम्मेवारी अरूलाई सुम्पँदा काम बिग्रन सक्ने भएकाले सावधानी आवश्यक छ ।

मिथुन- खर्च बढ्ने तर मानसिक असर नपर्ने दिन हो । अध्ययन, परीक्षा तथा प्रतियोगितामा सफलता मिल्ने सम्भावना छ । रोकिएको धन फिर्ता हुन सक्छ । लगानीबाट लाभ मिल्ने संकेत देखिन्छ ।

कर्कट- नयाँ जिम्मेवारी वा पदभार ग्रहण गर्नुपर्ने दिन हो । सहकर्मीसँग व्यवहारिक हुन आवश्यक छ । कार्यभार बढेपनि काम सफलतापूर्वक सम्पन्न हुने सम्भावना छ।

सिंह- दौडधूप बढ्ने र मार्केटिङ वा यातायात क्षेत्रमा लाभ मिल्ने दिन हो । तर हिसाब किताबमा सतर्क रहनु आवश्यक छ । अनावश्यक जोखिम नलिनु राम्रो हुनेछ।

कन्या- पारिवारिक सुखमा वृद्धि हुनेछ । सन्तानबाट खुशी मिल्नेछ । प्रयास गरेमा रोकिएको धन फिर्ता हुन सक्छ । लक्ष्यमा केन्द्रित रहे ठूलो सफलता मिल्ने संकेत छ।

तुला- व्यक्तिगत कामको बोझ बढ्नेछ । पार्टनरसँग समय मिलाउन कठिन हुन सक्छ । तर व्यापार र यात्राबाट लाभ हुने सम्भावना छ । नयाँ योजना र प्रस्तावमा सकारात्मक संकेत छ ।

वृश्चिक- दिन भाग्यशाली रहनेछ । अड्किएका काम पूरा हुने सम्भावना छ । डिजिटल माध्यमबाट जनसम्पर्क विस्तार हुनेछ । जुनियर स्टाफको सहयोग मिल्नेछ ।

धनु- जोखिमपूर्ण निर्णयबाट बच्नुपर्ने दिन हो । अनावश्यक खर्च र महत्त्वाकांक्षामा नियन्त्रण आवश्यक छ । गोपनीय कुरा बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ।

मकर- किनमेल तथा साझेदारीबाट लाभ मिल्नेछ । नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर छ । पारिवारिक जीवनमा खुशी बढ्नेछ । सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने संकेत छ।

कुम्भ- बोली र व्यवहारमा संयम आवश्यक छ । विवादबाट टाढा रहनु राम्रो हुनेछ । व्यापारिक बैठक वा सम्झौतामा सफलता मिल्ने सम्भावना छ।

मीन- नयाँ सीप सिक्ने अवसर मिल्नेछ । अध्ययन तथा तालिममा रुचि बढ्नेछ । व्यक्तिगत जिम्मेवारी र सम्बन्धबीच सन्तुलन राख्नुपर्ने दिन हो।