महाधिवेशनमा सबैले प्रतिस्पर्धा गर्न पाउछन्ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानले आगामी महाधिवेशनमा सबैले प्रतिस्पर्धा गर्न पाउने बताएका छन् ।

आज कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा आगामी असार ७, ८ र ९ गते चितवनमा हुने पहिलो महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र रहेको जानकारी दिएका हुन्।

सभापति लामिछानेको भनाइ उद्धृत गर्दै सांसद गणेश कार्कीले भने,पार्टीको पहिलो महाधिवेशन चितवनमा हुँदैछ । हामी त्यसैको तयारीमा छौं। आआफ्नो ठाउँबाट तयारीमा जुट्नुहोला। प्रतिस्पर्धा हुँदैन कि, नेतृत्वले केही भन्ने हो कि भनेर सोच्नुपर्दैन, महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ ।

कार्कीका अनुसार सभापति लामिछानेले सांसदको रूपमा गर्नुपर्ने काम, खेल्नुपर्ने भूमिका आदि पहिचान गरेर निर्बाध काम गर्न सांसदहरूलाई निर्देशन दिएका थिए । १०० दिनसम्म सांसदहरूको प्रस्तुतिबारे आफूले कुनै टिप्पणी नगर्ने बताउँदै आफ्नो भूमिकाको पहिचान गर्न लामिछानेले भनेका थिए ।