विश्वकप लिग-२ः अन्तिम खेलमा अमेरिका फराकिलो अन्तरले पराजित
काठमाडौं। आइसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो सातौं सिरिजमा नेपालले ६ अंक जोडेको छ। सिरिजको अन्तिम खेलमा शुक्रबार अमेरिकालाई १२२ रनले पराजित गर्दै नेपालले तेस्रो जित निकालेको हो।
आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग २ रनको साँधुरो हार ब्यहोरेको नेपालले सोपछिका तीनै खेलमा जित निकाल्यो । अमेरिकालाई पहिलो खेलमा ९ विकेटले हराएको नेपालले तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्यो । चौथो खेलमा शुक्रबार अमेरिका स्तब्ध बन्यो।
यो सिरिजमा नेपालले ३, स्कटल्यान्डले २ र अमेरिकाले एक खेलमा मात्रै जित निकाले।
