कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश

काठमाडौं। ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नामलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।

अदालतले सोबार सूचना जारी गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो। गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचनामार्फत भनेको छ। अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख छ । जसमा उनका पति धनराज गुरुङ नै लेखिएको छ।

यदि तोकिएको म्यादभित्र उपस्थित नभइ म्याद गुजारी बसे कानुनबमोजिम मुद्दा लाग्ने र पछि कुनै उजुर नलाग्ने सूचनामा उल्लेख छ।