रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण तय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनको भ्रमण जेठ २० गतेसम्म रहने बताइएको छ ।
रास्वपाका एक पदाधिकारीका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि भ्रमणको तालिका तय भइसकेको जनाएको छ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो बहुमत हासिल गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतमा लामिछानेको यो पहिलो विदेश भ्रमण हुनेछ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए। तर प्रधानमन्त्री शाहको भ्रमण तय नभइसकेकै बेला लामिछानेको भारत भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
