र्दिबासमा बस्ती हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो

बर्दिबास । महोत्तरीको बर्दिबासमा स्थानीयले वन कार्यालयको गाडी जलाएका छन् । गए राति डिभिजन वन कार्यालयको टोली वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको अवस्थामा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर गाडी जलाइदिएका हुन् ।
महोत्तरीका प्रमुख अजय कुमार मिश्रले गए राति करिब १२ बजे वन कार्यालयको गाडीमा आगजनी गरिएको बताएका छन् । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई घेराउ गरेपछि सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेको थियो ।
महोत्तरीको राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आक्रोशित भएको बताएका छन् । उनीहरूले मङ्गलवार बिहान सडक अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् ।
