प्रतिनिधि सभा निर्वाचनको परिणाम शङ्कास्पद: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचन परिणामप्रति आशङ्का व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइ नजिकको सिटलाई ‘सुनामी’को संज्ञा दिए ।

उनले निर्वाचनमा सेना, सरकार र निर्वाचन आयोगको भूमिका तथा मतपत्रको अवस्थाबारे गम्भीर प्रश्न उठाएका हुन्। सेनाको भूमिका कस्तो रह्यो रु सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्योरु मतपत्रको अवस्था कस्तो रह्यो रुयी सबै कुरा एक न एक दिन स्पष्ट हुन्छन्,नेपालले भने ।

उनले २०४७ सालको संविधानदेखि नै महिला र दलितको विशेष प्रतिनिधित्वका लागि आफूहरूले पहल गरेको स्मरण गर्दै नयाँ दलका प्रतिनिधिहरूले परिवर्तनको इतिहास नबुझेको टिप्पणी गरे।

उनले कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै यो अस्थायी सुनामी मात्र भएको र विगतको योगदानको रक्षा गर्दै दृढताका साथ अघि बढ्न आह्वान गरे ।