प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति विश्व ट्रेड युनियन महासंघको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको हालैको एक अभिव्यक्तिप्रति विश्व ट्रेड युनियन महासंघले गम्भीर आपत्ति जनाएको छ।

प्रधानमन्त्री शाहले यही जेठ १७ गते संसद्को रोस्ट्रमबाटै ‘नेपालले पनि भारतको सीमा मिचेको हुन सक्ने’ अभिव्यक्ति दिएका थिए । महासंघले उक्त अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै यसले सम्पूर्ण नेपाली जनताको भावनामा गहिरो चोट पुर्‍याएको उल्लेख गरेको छ ।

महासंघले सीमा विवादलाई तत्काल राजनीतिक स्तरमा वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रको विवाद सल्टाउन सरकारको ध्यानाकर्षण गराएको छ ।