रोल्पामा पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो।

इन्सपेक्टर श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ रहेको र दुर्घटनाग्रस्त गाडी नम्बर पनि खुल्न बाकी रहेको छ।

उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ। गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो। इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ।