कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापामगरका अनुसार समितिमा पार्टीहित र निर्देशन विपरीतका झण्डै ७०० उजुरी परेका छन्।

तिनै उजुरीउपर कारबाहीका लागि सिफारिस हुनेछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्।