आज जेठ २३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष -भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामाग्री र सुख सुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ । रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढि रहने समय हो । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नविन कार्यको शुभारम्भ हुनेछ ।

वृष -कुनै नयाँ विषय वस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्र छात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । काम र कर्तव्य प्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय छ । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागि पर्नु राम्रो हुन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ ।

मिथुन -प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ । अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । विलासिताका सामाग्री र सुख सुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आय स्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ ।

कर्कट -ब्लड प्रेसरको समस्या छ भने स्वास्थ्य स्थिति प्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राख्नु ठीक हुनेछ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जान सक्छ । जोखिम र सङ्कटले भरिपूर्ण समय छ ।

सिंह -मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन छ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ ।

कन्या –आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ । आज जोखिमपूर्ण काम गर्नु उचित हुँदैन । जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुन सक्छ । गरेको मेहनतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ ।

तुला -लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय छ, परीक्षा वा प्रतियोगितामा सामेल हुनुहुन्छ भने अझ बढी मेहनत गर्नु ठीक हुन्छ । आज तीव्र इच्छा शक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन छ । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटो समेत खुल्नेछ ।

वृश्चिक -लेनदेनको कारोबार वा सापटीको विषयले चिन्ता बढाउन सक्छ । आज घर परिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय छ, कारोबारमा ध्यान केन्द्रित हुन सक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन छ । घरायसी बन्दो बस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन् ।

धनु -सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन छ । दाजुभाइ वा माइती पक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ । कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन छ ।

मकर -धन प्राप्तिको योग छ । स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ । बहुमूल्य वस्तु र पुराना चिजविज संकलन गर्न मन लाग्छ । सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला ।

कुम्भ -इच्छा शक्ति बढ्नेछ भने मान सम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्य निर्वाह प्रति सचेत हुने समय छ । अध्ययन प्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमी कमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । एकआपसमा अपेक्षित माया एवम् समझदारी कायम रहनेछ ।

मीन -सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यान केन्द्रित हुन सक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधा अड्चन व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ । खेलवाड र मनोरञ्जनमा भुलिँदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्न सक्छ।