एमाले बनाउन एआइलाई सोध्नु पर्ने भयो: गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन्। उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै ।बास्कोटाले एमालेको कार्यविभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताएका छन्। 

उनले भनेका छन्

न एष्ट्रोनोमी,न फिजिक्स,न केमेस्ट्री,न वायोलोजी न त जुयोलोजी,अर्थमेटिक,अलजेब्रा,ज्योमेट्री,ईन्जिनियरीङको कुनै हागो था छैन।तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ,सोच्ने काम हाम्रो होईन,केवलआदेश पालना गर्नु र लड्नु हो,सैनिक संगठनमा जस्तै।म एआईलाई सोध्छु -एमाले पहिलो कसरी बन्छ?