आज जेठ २४ गते आइतबार,यस्तो छ तपाईको राशिफल
मेष- लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।
वृष- पुराना आकाङ्क्षा पूरा हुने समय आएको छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।
मिथुन- सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय हो।
कर्कट- मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा उपलब्धि हासिल गर्न सकिनेछ। सम्मान र अवसर दुवै बढ्नेछन्।
सिंह- पारिवारिक सहयोग र सहकार्य प्राप्त हुनेछ। यात्राको योजना बन्न सक्छ। सम्बन्धहरू प्रगाढ र स्थायित्वपूर्ण बन्नेछन्।
कन्या- परीक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुने संकेत छ। नयाँ जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रबाहिर पनि सक्रिय रहनुपर्ने समय हो।
तुला- आकाङ्क्षा सन्तुलित राख्दा लाभ हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ।
वृश्चिक- आर्थिक योजना र पारिवारिक सहकार्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सन्तुलित व्यवहारले मानसिक शान्ति र सन्तुष्टि दिलाउनेछ।
धनु- सहकार्य र धैर्यले समस्या समाधान हुनेछ। मन लागेको कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ। विवादबाट टाढा रहनु हितकर हुनेछ।
मकर- नयाँ काम थाल्न उपयुक्त समय हो। आर्थिक स्थायित्व आउने संकेत छ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कुम्भ- काम र परिवारबीच सन्तुलन कायम गर्न सकिनेछ। रणनीतिक परिवर्तन लाभदायक हुनेछन्। ज्ञान र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ।
मीन- व्यावसायिक सम्बन्धमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा सुधार देखा पर्नेछ। तर, गोप्य शत्रु वा प्रतिस्पर्धीबाट सतर्क रहनु आवश्यक छ।

