सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ सय कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
