एशियन गेम्स छनोट: फाइनलमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनोट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्ने भएका छन् ।
फाइनल खेल आज नेपाली समय अनुसार सवा १२ बजेदेखि सुरु हुँदै छ । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।
