कर्णालीमा रास्वपाका जिल्ला सभापति को-को बने?

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्ला मध्ये ९ वटामा रास्वपाले नयाँ समिति गठन गरेको छ । डोल्पा बाहेक सबै जिल्लामा पहिलो अधिवेशन गरेर नयाँ समिति गठन गरिएको हो ।

जसअन्तर्गत सुर्खेतको सभापतिमा रमेश सापकोटा चयन भएका छन् । सापकोटा प्रतिनिधिसभा सदस्य समेत हुन् । रुकुम पश्चिममा द्रोण खड्का, जाजरकोटमा महेश सिंहको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

त्यस्तै सल्यानमा प्रकाश परियार, दैलेखमा बखत भण्डारी, कालिकोटमा प्रेमबहादुर केसी,जुम्लामा मकर भण्डारी, हुम्लामा लक्ष्मण ऐरी, डोल्पामा देवसिंह ऐरी सभापति बनेका छन् ।

मुगुमा सोमबार अधिवेशन जारी रहेको रास्वपाका कर्णाली उपसभापति प्रेमबहादुर बोहराले जानकारी गराए । डोल्पामा दुई महिना अघि मात्रै तदर्थ समिति बनेको हुँदा महाधिवेशन पछि मात्रै नयाँ नेतृत्वका लागि अधिवेशन गरिने भएको छ ।