तबायफ के तक्दीरमे सोहर नही होते

 अन्जान स्नेहा
मान्छेलाई कहिले सपनाले त कहिले समयले लखेटि रहन्छ तर लखेटि रहन्छ निरन्तर । लखेट्नु उसको धर्म हो, भाग्नु वा दौडिनु हाम्रो कर्तव्य । जिन्दगिमा दौडिनुको मजा पनि बेग्लै छ । जो मान्छे दौडिन जान्दैन उसले जिन्दगि भोग्न पनि जान्दैन । दौडिनु नै जिन्दगिको भोगाइ हो । अन्धकार देखि उज्यालो खोजिमा दौडिनु, दुःख देखि सुखको खोजीमा दौडिनु आदि–आदि । केही साल अघिको कुरा हो म केहि महिना अघि देखि काठमाण्डौ तिरै दौडिएको थिएँ एउटा सपनाको खोजीमा । मित्र गोल्डेन उद्भाष पनि केहि दिनका लागि काम विशेषले काठमाण्डौ आउदैछन् भन्ने खबर पाएँ ।
अचानक विहान छ बजेतिर फोन को घण्टि बज्यो मैले हलो भन्न नपाउँदै उता बाट आवाज आयो गुरु जय संगत म गोल्डेन काठमाण्डौ आईपुगेको छु, हजुरकोमा आउँदैछु । मैले भने हार्दिक स्वागत छ मेरो डेरामा । यत्ति भनेर उनले फोन राखिदिए । म एक छिन रनभुल्लमा परें यो जय संगत भनेको के हो ? एक चोटि सोचें जय+सँगत=जयसंगत अर्थात राम्रोहरुको साथ बडा गजव लाग्यो, फेरि सोचें सायद नमस्ते भने होलान् आधुनिक भाषामा  । म नौ बजेतिर चावहिल पुगें उनको स्वागतको लागि तर उनि म भन्दा पहिला नै त्यहाँ पुगिसकेका रहेछन् । हार्दिक तथा न्यानो अभिवादन र मिठो अंकमाल गरिसकेपछि आईयो मेरो वौद्धस्थित भाडाको कोठामा । समय जाडोकै थियो माघको । पुराना दिनहरुको फल्यास ब्याकमा एक छिन मजाले प्रवेश ग¥यौं मलाई उनिसँगको बसाई साह्रै मिठो लाग्छ उनिसँग बस्दा समय बितेको पत्तै पाउँदिन म । उनिसँग कुरा गर्ने कला छ जो कोहिलाई मोहित गर्न सक्ने कला, यसैले पनि होला म पनि एकदमै मोहित हुन्छु उनिसँग । मैले भने चिया पिउँ तर कालो कि सेतो ? उनि पनि चियाका सौखिन हुन् ।
गोल्डेनले भने मैले त चिया पिउँदिन नि अचेल थाहा पाउनु भाछैन सर ? ग्रिन टि मात्र पिउने गरेको छु यार, बरु मैले ग्रिनटि लिएरै आको छु त्यहि  पिउँ कसो होला ? मैले भने ए मलाई त थाहा छैन नि के भो र छोड्नु भो चिया पिउन ? उनले भने सर केहि भाको छैन आयातित बस्तुको प्रयोग मा कमि गर्न थालेको नि त्यहि भएर बहिस्कार गरेको, अनि स्वास्थ्य पनि बिगार्छ चियाले त्यसैले ? मैले भने नेपालमा पनि बन्छ नि थाहा छ कि नाइ तपाईलाई ? उनले भने होईन हामीले खाने चिनी भारतबाट नै आउँछ यार । मैले भने के भो त जहाँबाट पो आओस् भारत, पाकिस्तान वा अमेरिका त्यसले के फरक पार्छ हामीलाई ? चिया खान पाए त भैगो नि कि कसो ? हामीले बिदेशी बस्तुको उपभोग गर्न बहिस्कार गरेको भोलिपल्ट नै मर्नेछौँ भन्ने कुराको हेक्का छ कि नाई महोदयलाई । उनले भने होइन हामीजस्तो सचेत युवाले राष्ट्रवाद भुल्नु हँुदैन । त्यो त सहि हो तर राष्ट्रवाद, राष्ट्रवाद भनेर गीत मात्र गाउन थालेपछि नुन कहाँबाट ल्याउने त हामीले ? अनि पेट्रोल कहाँबाट ल्याउने ? उनि अलि बढि राष्ट्रवादी हँुदै भने हेर्नुस् नुन त हाम्रो वशको कुरा होईन तर पेट्रोलको विकल्प त हर्बो कम्पनिले संजिवनि वनस्पति रोपेर उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । कुरा बल्ल पो बुझें  साथी त हर्बो मार्केटिङ्का व्यापारी भैसकेछन् अलि–अलि देशभक्त पनि कम्युनिष्ट त भाषामात्र रहेछ । उसो त कम्युनिष्ट विचार हो न कि बहिस्कार ।
चियाको कुरा त्यहिँ सेलायो । मैले कुरा मोडेँ काठमाण्डौं यात्राको राज के हो नि ? उनले हाँस्दै भने अरु के हुनु उहि हर्बो नेटर्वकिङ विजनेसको सिलसिला त हो नि । खाना तयार थियो, खाईयो । केही समय नेपाली गजल साहित्य र धर्ममाथि छलफल गरियो कुरा गर्दागर्दै अचानक गोल्डेनले भने तपोवन जाउँ मेडिटेशन गर्न । मैले भने हुन्छ जो ईच्छा । तर आज त मिल्दैन होला अग्रिम टिकट बुकिङ गर्नु पर्छ भन्ने सुनेको थिएँ, मलाई पनि ज्ञान छैन बुझ्नु पर्छ । उनले भने त्यसो भए आजै जाउँ हेरेर पनि आउँ र कुरा बुझेर पनि आउँ के भन्नु हुन्छ ? मैले त्यसमा कुरा काट्ने ठाउँ नै थिएन । हामी लागि हानियौं तपोवनतिर । एक घण्टा को गाडि  यात्रा पछि हामी तपोवन पुग्यौं । मेरो पनि तपोवन को यात्रा पहिलो थियो । पचास रुपैयाँ तिरेर भित्र छिरियो । साँच्चै तपोवन त स्वर्ग जस्तै रहेछ । माफ पाउँ स्वर्ग भनेकोमा । स्वर्ग सुन्दर हुन्छ कि हुदैन त्यो त मलाई पनि थाहा छैन गए पो थाहा हुनु । बरु अति सुन्दर चाहिँ भन्न मिल्छ । त्यस्तो सुन्दर क्षेत्र मैले देखेको पनि थिएन । रजनिसको समाधिस्थल, ति रगिंन फूल, दायाँपट्टि ध्यान केन्द्र, बिचबाट शान्त रुपमा बगेको सुन्दर नदि, वरिपरि हरिया रुखहरु जो मान्छेजस्तै चलिरहेका थिए । हरेक रुखहरुमा रजनिसका सुन्दर तस्विर र उनका दार्शनिक कोटेसन, स–साना पहाडका थुम्काहरु, बायाँ किनारातिर पाहुना गृह यी सबैले तपोबनको सुन्दरताको आफै वर्णन गरिरहेका थिए ।
तपोबनको त्यो सुन्दरताले नचाहाँदा नचाहाँदै हामी त्यो भव्य सुन्दरतामा नै समाहित भएछांै । कुनै कसर बाँकी छोडेनौ हामीले त्यो सुन्दरताको बलात्कार गर्न आखाँबाट, ईच्छा र मन स्खलित नहुन्जेलसम्म । रिसप्सनजस्तो, न पुस्तकालयजस्तो एउटा कोठा थियो, त्यहि भित्र दुई चार जना युवति र दुई तिन जना पुरुषहरु थिए । हामी त्यहि कोठा भित्र प्रवेश ग¥यांै ति पुरुषहरु मध्येका एक रहेछन् स्वामी आनन्द अरुण । सबैसँग परिचय गरियो साथै तपोबन र ध्यानको टायम टेबुलका बारेमा आनन्द अरुणसँग केहिबेर कुराकानी पनि ग¥यौं । ध्यान गर्नका लागि त्यहाँको व्यवस्थापकिय खर्च हाम्रो लाकतले नभ्याउने देखियो । सोचे भन्दा खर्चालु रहेछ । साँझको चार बज्न पो लागिसके छ त । केहि थान ओशो रजनिसका किताब किनेर कोच्यौं झोलामा र लाग्यौं निवासतिर । सोचें किन यत्रो महंगो हो यो ध्यान विधि ? कतै यो व्यापार त होईन रजनिसका नाममा ? फेरि एक मनले सोचें यो ध्यान गर्न  कलासको जरुरि किन प¥यो र । नाच्दा–नाच्दै, गाँउदा–गाँउदै, हिँड्दा–हिड्दै, लेखक भए लेख्दा–लेख्दै ध्यान घटित हुन्छ भनेर ओशो रजनिस आफैले भनेका छन् तर दुःखको कुरा ओशोकै नाम राखेर खोलिए यी काठमाण्डौंका महंगा बोर्डिङ स्कुलजस्ता ध्यानका स्कुलहरु । हुन त मेरो कुनै स्तुप नबनाउनु भनेका बुद्धको आज संसारमा सबैभन्दा बढि स्तुप बने । छ बज्न केहि मिनेट मात्र बाँकि थियो हामी चावहिल नजिकै पुगेका थियौं गोल्डेनले भने यार सर रत्नपार्क जाउँ । म त अक्क न बक्क भएँ । मैले भने यस बेला ? यो कुनै समय हो र रत्नपार्क जाने ? फेरि रत्नपार्क किन जाने बेकारमा ? कोहि चिनेको मान्छेले देखेपछि के भन्ला सोच्नुभा’छ ? उनि मेरा यत्रा एक ठेलि प्रश्नको जवाफ स्वरुप मात्र फिस्स हाँसे र भने जाँउ न जाँउ के हुन्छ र ? मलाई त्यहाँ जान मन लाछ । साथी यो रात पर्ने बेला रत्नपार्क जाउँ भन्छन् त्यो पनि एक धार्मिक क्षेत्र तपोबन गएर फर्केपछि यो के चाला हो कस्तो फकिर गिरि हो वा कस्तो नियत हो ? पक्का यायावर पो जस्तो ।
बिहान त खुब देशभक्त कुरा गरेथें, फेरि साँझ नपर्दै यस्तो कुरा गर्छन् मनमनै सोचें र ट्वाल्ल परें । मैले बहाना बनाएर भने कहाँ यार त्यहा पुगेर फर्कन सकिदैन रात परिहाल्छ गाडि पाईदैन फेरि । उनले बडा जोसका साथ भने केभो त हिँडेर आँउला के हुन्छ ? अब भो फर्साद अब त बहाना बनाउने ठाँउ पनि रहेन अनि स्विकृतिमा टाउको हल्लाएँ । चावहिलबाटै लाग्यौं रत्नपार्कको ताण्डव नृत्य हेर्न । देखेको–भोगेको त मैले पनि थिएन तर सुनेको भने खुब थिएँ रत्नपार्कको मोहक जात्राको बारेमा । रातिको सात बजिसकेको थियो । आफ्नो विरानो मान्छे चिनिदैन थियो । हामी रत्नपार्कको गेटभित्र छिर्न लाग्दा गोल्डेनले बल्ल भने सर तपाइले अलि बढि बुझ्नु भो मेरो आसय गलत होइन बेश्याको बारेमा एउटा लेख लेख्दैछु त्यहि भएर यहाँ जाउँ भनेको हो अन्यथा नलिनु । म फिस्स हाँसे । रत्नपार्कको त्यो फुटपाते खुलाचौरमा फुटपाते बजारको चहल–पहल निकै बढिरहेको देखिन्थ्यो । गाडिको घ्यार–घ्यार, घुर–घुरको आवाज साँझको समय सबैलाई घर फर्कने हतारो देखिन्थ्यो हामी भने प्रवेश गर्यौं रासलिला नगरिमा । कोहि कपडा बेचिरहेका थिए, कोहि टर्च, पर्स त कोहि भुटन बेचिरहेका थिए । हामीले आपसमा कुरा ग¥यौं कता बेचेका छन् त जवानी ? हामीले कुनै भेउ पाइरहेका थिएनौं ।
गोल्डेनले भने सर अलि उता तिर जाउँ न । हामी अलिभित्र तिर गयौं । रुखहरुले गर्दा अलि झुम्म परेको थियो त्यँहा पनि मान्छे विभिन्न थरिका सामान बेचिरहेका थिए । त्यो भन्दा पनि बढि रुखको अडेस लागेर केटाकेटि हात समातेर कुरा गरिरहेका थिए । हामी पनि एउटा रुखमा अडेस लागेर तिनिहरुलाई हेर्न लाग्यौं । मुखमा कालो कालो माक्स लगाएकि केटि हाम्रो छेउमा आई र सोधी, जाने हो ? ‘काँ जाने’ गोल्डेनले भने । ‘तपाई जहाँ भन्नुहुन्छ’ केटि हामीतिर अलि नजिक सर्दै भनि । अब के भन्ने गोल्डेन अक्क न बक्क भए । अलि आत्तिएजस्तो, अलि हडबडाएजस्तो गरे पहिलो अनुभव संगाल्दै थिए जो । धेरै होईन डराउनु पर्दैन केटिले नै मौन भगंता तोडी । केटिलाई लाग्यो होला यी सँधैका ग्राहक हुन् भन्ने तर हामीलाई यो समेत थाहा थिएन कि हामीले के कुरा गर्नुपर्छ भन्ने । गोल्डेनले भने कति हो नि ? ‘मात्र दुई हजार एक रातको, दुई जना नै हो भने पाँच हजार लाग्छ’ लाज माने जसरी आङ बटार्दै केटिले भनि । मनमनै सोचें यिनलाई पनि लाज लाग्दोरहेछ, मनभित्रै हाँसे । त्यो त महंगो भो मैले प्याच्च भनिहालें । उ केहि नबोलि फनक्क फर्कि र भनि साला हाम्रो कुनै इज्जत छैन ? गोल्डेनले खित्का छोडे म ट्वाँ परें । हामी पनि अलि अगाडि तिर गयौं, कोहि मोलतोल गरिरहेका थिए कोहि अंगालो मारेर हिडिरहेका थिए, कोहि झगडा गर्दै थिए । फेरि दुइटि केटि हाम्रो नजिक आए र उभिराखे । अलि भाउ खोजे जस्तो गरे केहि बोलेनन् । हामी पनि बोलेनौ । हेर्दा केटि भर्खरका देखिन्थे त्यस्तै सत्र, अठार जत्तिका । गोल्डेनले अलि हतारिदै भने कति हो ? सायद उनको सोधाइ गलत भयो कि सुरुमै मोल गर्दा । लजाउदै एउटि बोली कति दिने हो र ? गोल्डेनले भने नदिए हुदैन ? अर्किले व्यंग्यात्मक तरिकाले भनि त्यसका लागी त घरमा बिहे गरेर बस्नु नि किन यहाँ आउने ? गोल्डेन जोसिदै भने म तिमिलाई बिहे गर्छु, गर्ने हो ? अब आई उट पहाडके निचे । ति केटिहरु अक्क न बक्क भए । त्यसैमा मैले थपें, किन नबोलेको कि उहाँ लाएक हुनुहुँदैन  र ? एउटीले जिस्काएको बुझि छ क्यारे च्याठ्ठिदै भनि यो हाम्रो रहर होईन बाध्यता हो तपाई यसको मजाक गर्न पाउनु हँुदैन बुझ्नु भो ।
तपाईको मन छैन भने हाम्रो कर छैन । तर अर्कालाई होच्याएर नबोल्नुस् । म त चुप भएँ, गोल्डेनले अलि नरम भएर भने कुरा त्यसो होईन, हामीले जिस्काएको पनि होईन साँच्चै सोधेको हो । अर्कि बल्ल अलि सिरियस भएर भनि भो सपना नदेखाउनुस् हामीजस्ता तबायफको तक्दिरमा सोहर हुँदैन हामीलाई यो कुरा राम्ररि थाहा छ बुझनु भो ? ओ हो म त झल्यास्स भएँ । यो कस्तो बाध्यता हो ? यो कलिलो उमेर जुन उमेरमा मान्छे सयौं रगींन सपनाहरुको लस्कर बोकेर सहर छिर्छन् फेरि यो कस्तो सपना हो । एक मुठी दुध बेचेर छोरा छोरीको भविष्य उज्वल पार्न पटुकाले पेट बाँधेर आधा पेट खाएर सहर पठाएका बा आमाको सपना पुरा गर्ने बाध्यता हो कि आफ्नै लक्जरि सपना र रहर । हामी स्तब्ध भयौं उसको यो वाक्यले । बडा गम्भीर जवाफ दिई । हामी नाजवाफ भयौं । गोल्डेनले के सोचे कुन्नि म त उसको अनुहारमा देवदासकी माधुरी दिक्षित पाईरहेको थिएँ । उताबाट एउटा केटा आएर हामीनिर केहिछिन् उभियो र खासखुस गरेर हात तानेर अर्किलाई कुनातिर लग्यो । बोलीरहेकी केटी पनि केहि नभनेर तिनिहरु भएतिरै गई । हामी हेरेको हे¥यै, दुई जना एकआपसमा हेर्दै फिस्स हाँस्यौं । आठ बज्न लागिसकेको थियो हामी पनि त्यहाँबाट निस्कीयौं । कोठातिर एउटा नौलो अनुभवको साक्षात्कार गरेर । गाडि पाउने कुरा थिएन लगायौ आफनै दुई नम्वरको गेर । आँखामा माधुरि दिक्षितको झझल्को बोकेर ।