युवाहरुको स्वास्थ्यकर बानि ब्यवहारमा आयुर्वेद जिवन पद्धती

डा.राजेन्द्र कुमार गिरी,
प्रवन्ध निर्देशक
सिंहदरवार बैद्यखाना बिकास समितिं

सम्पूर्ण मानव जातिको स्वास्थ्य रक्षा एवं रोगोपचार गर्दै आएको आयुर्वेद, मौलिक चिकित्सा पद्धति हो । आयुर्वेदप्रति नेपाली जनताको आस्था विश्वास गहिरो छ । नेपालीको सभ्यता र संस्कृतीसँग जोडिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिर्पोट अनुसार करीब ८० प्रतिशत भन्दा बढी नेपालीहरु प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा जडिबुटीद्धारा निर्मित औषधीहरु प्रयोग गर्दछन् । त्यसैले भनिन्छ —प्रत्येक नेपालीको भान्छाबाट आयुर्वेद चिकित्सा सुरु हुन्छ ।
अर्कोतिर देशमा हामि सबैले “जलश्रोत पछिको दोस्रो धनिमा जडिबुटी” मान्दै आएका छौं । उपयुक्त एवं अनुकूल हावापानी र भौगोलिक वातावरणका कारण नेपालका जडिबुटी विश्व वजारमा अत्यन्त लोकप्रिय छन् । सातसय प्रजातीका जडिबुटी नेपालमा पाइन्छन् तर उपर्युक्त प्रविधि र व्यवस्थापन र संस्थागत समन्वयका कारण यिनै जडिबुटीहरुबाट बनेका औषधिहरु नेपालीहरुले महङ्गो मूल्यमा पैसा तिरेर आयात गरिन्छ । विदेशी कम्पनीका आयुर्वेद औषधिहरु नेपालमा ९० प्रतिशत भन्दा बढि खपत छन् ।

विदेशीहरु खासगरी पश्चिमाहरुमा यस प्रति आर्कषण बढ्दै गईरहेको छ । एक्काइसौं शताब्दिमा क्यान्सर, मधुमेह र मुटु रोग लगायत अन्य नसर्ने रोगहरु विश्वव्यापीरूपमा जनस्वास्थ्यको मुद्दा बनेको छ । युवा समुदायमा मानसिक समस्या, लागुपदार्थको दुव्र्यसन, मध्यपान लगायत अन्य सुर्तिजन्य पदार्थहरुको सेवन अत्याधिक मात्रामा बढेको छ । तसर्थ यसका लागि पश्चिमाहरू पुर्विय आयुर्वेद दर्शनका संयमित जीवन शैली उचित आहार–बिहार र योग र संयमित जिवनशैलीजस्ता स्वास्थ्य रक्षाका विधिहरूलाई अनुसरण गर्न थालेका छन् ।

नेपालको सन्दर्भमा स्वास्थ्य क्षेत्रको कुरा गर्दा खस्किदो प्राथमिक स्वास्थ्य सेवाको स्थिति, सरूवा रोग, कुपोषण र गरीबीका साथै सहस्राब्दि विकास लक्ष्य गरिएका स्वास्थ्य सुचांकहरू अपेक्षित रूपमा घटन नसकेको अवस्था छ भने अर्कोतिर बढ्दो शहरीकरण, निम्न एवं मध्यम आय भएका नेपालीहरूमा छिट्टै परिवर्तन भएको जीवनशैलीले नसर्ने रोगहरू जस्तैः रक्तचाप, हृदयघात, मधुमेह र क्यान्सरको प्रकोप बढ्दो देखिएको छ । युवा जनसंख्यामा मानसिक समस्या, लागुपदार्थको दुव्र्यसन, मद्यपान लगायत अन्य सुर्तिजन्य पदार्थहरुको सेवन समस्याका रुपमा देखा परेको छ । एच.आई.भि.÷एड्स बाट पिडित पनि युवा समुदाय नै भएको पाईन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा युवाहरुको स्वस्थ बानि ब्यवहारमा सुधार सम्वन्धिको मुद्दा देशको लागि अझ चुनौतीपूर्ण भएको छ । हरेक युवामा तनाव, अनुचित आहार विहार, शारीरिक कसरतको कमी, अल्छिपन, धुम्रपान एवं सूर्तीजन्य पदार्थको सेवन आदि कारणहरूले नसर्ने रोगहरू दिनानुदिन बढदै गएको अवस्था छ । नेपालीहरुमा पनि बिगत केहि बर्षदेखि जिवनशैलीकै कारण यि समस्याहरु बढदो छन् । खासगरि बढ्दो शहरीकरण, निम्न एवं मध्यम वर्गिय नेपालीहरूमा छिट्टै परिवर्तन भएको जीवनशैलीले नसर्ने रोगहरू जस्तैः रक्तचाप, हृदयघात, मधुमेह, पक्षघात र क्यान्सरको प्रकोप बढ्दो देखिएको छ । सन् २०१३ मा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको प्रारम्भिक रिपोर्ट अनुसार २५ प्रतिशत भन्दा बढीमा उच्चरक्तचाप र रगतमा पाईने चिल्लोको मात्रा (कोलेष्ट्रोल) करिब २३ प्रतिशत भएको पाइएको छ । र माथि उल्लेखित नसर्ने रोगहरुको मुख्य कारक तत्व भनेकै उच्चरक्तचाप र कोलेष्ट्रोल मानिएको छ ।

तसर्थ, आयुर्वेदिय जिवन पद्धति महत्वपूर्ण हुनसक्छ । निरोगी रहनको लागि दिनचर्या, ऋतुचर्या र रात्रिचर्या र सद्वृत्त जस्ता जिवनशैली परिर्वतन, आहार र बिहार अपनाउनु जरुरी छ । दिनचर्याले मानिस उठ्ने समयदेखि सुत्ने समय सम्मको क्रियाकलापहरू जस्तै सरसफाइ, व्यायाम, योग प्रणायाम, श्रम, आहार आदिलाई समेट्छ । मैथुन, निन्द्रा र ऋतु अनुसारको आहार बिहारमा जोड दिएको छ । आयुर्वेदमा उल्लेखित सात्विक भोजन बढी जोड दिइएको छ । अचेल यसलाई एण्टिअक्सिडेण्ट खानाको रुपमा मानिएको छ । यसले नसर्ने कारकतत्वलाई हटाउँछ । सद्वृत्त महत्वपुर्ण छ युवा किशोर–किशोरीहरूको लागि । सद्वृत्त भनेको असल आचरण हो । जसलाई आचाररसायन पनि भनिन्छ । असल आचरणले शारीरिक, मानसिक, वैयक्तिक, सामाजिक र चारित्रिक जीवन पूर्ण सफल हुनसक्छ । काम, क्रोध, भय, इष्र्या, मोह, लोभ, शोक र चिन्ताको उन्मुक्तिबाट मानसिक समस्या उत्पन्न हुँदैन ।

आयुर्वेद चिकित्सा ग्रन्थमा यौन क्षमता वृद्धि गर्न बाजीकरण चिकित्सा विधि प्रयोग हुँदै आइरहेको छ । यौनलाई आनन्दमय, सुखमय र निरोगी सन्तान जन्माउन विशेष आहार, औषधि (काउछो, अश्वगन्धा, मुसलि अमला) र पञ्चकर्म विधिहरू छन् । निन्द्रा, आहार र ब्रम्हचर्य पालन, दिर्घायु र निरोगिताको महत्वपूर्ण पाटो मानिएको छ । अर्को, स्थानिय रूपमा नै तुरुन्त प्राप्त गरी सजिलो एवं सर्वसुलभ रूपमा सर्वसाधरणले प्रयोग गर्नसक्ने र आधुनिक चिकित्सा पद्धती सुलभ नभएको ठाउँमा स्थानिय जडिबुटी प्रयोग गर्न सकिने र आप्mनै श्रोत र साधन जडिबुटीहरु छन् । स्थानिय रूपमा नै तुरुन्त प्राप्त गरी सजिलो एवं सर्वसुलभ रूपमा सर्वसाधारणले प्रयोग गर्नसक्छन् ।

खासगरि युवा अवस्था देखिनै योग, आसन र प्रणायाम आरोग्य, आत्मविकास र बौद्धिक मनोबल वृद्धि र मानसिक स्वास्थ्यका लागि उपयोगी छ । त्यसैले यी चिकित्सा प्रणालीलाई ब्यवस्थित, योजनाबद्ध र बैज्ञानिक ढंगले एकीकृत चिकित्साको रूपमा राम्रा पक्षहरूलाई समेटेर प्रवद्र्धनात्मक तथा उपचारात्मक चिकित्सा गर्नु जरुरी छ । स्वास्थ्य रक्षा र रोगोपचारमा महत्वपूर्ण स्थान आयुर्वेदिक जीवनपद्धति, खानपान र औषधि हुने भएकाले आयुर्वेदलाई नयाँ प्रविधिको सहयोग लिई अनुसन्धान गर्नु जरुरी छ ।