कागतीको महत्व

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख श्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
१) भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
२) कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
३) पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल (किटाणु बिरुद्ध) गुण देखाउँछ ।
४) बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
५) कागती पानीले पाचनमा सहयोग पुग्छ ।
६) कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।
७) कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
८) रुघाखोकीको उपचारमा पनि कागती पानी उपयोगी हुन्छ ।
९) मष्तिस्कलाई पोषित गर्न र स्नायुकोषहरु स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
१०) कागतीले घुँडा र जोर्नीहरुको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
११) एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
१२) कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
१३) हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।
१४) कागति झोलको घरायसी तथा बाहिरी प्रयोगले छालामा दाग, डण्डीफोर लगायतका समस्याहरु समाधान गर्दछ साथै छालालाई चम्कीलो, स्वस्थ एवम् बलियो बनाउँछ ।