सकारात्मक सोचले तनावबाट मुक्ती

तनावबाट जो कोही पनि टाढा रहनुपर्छ । जस्तोसुकै नकारात्मक अवस्थामा पनि आफूलाई सकारात्मक राख्न केही मुस्किल त पर्छ नै । यस्तो अवस्थामा तनावमा रहेका व्यक्तिलाई कोही कसै सहयोग गर्न आउलान्, तर पनि आफूलाई सकारात्मक राख्न मुस्किल पर्छ । नकारात्मक अवस्थामा आफूलाई सकारात्मक बनाउन केही उपायहरु छन् । तपाईंले निम्न उपाय अपनाउनुभयो भने तपाईं नकारात्मक अवस्थामा पनि सकारात्मक हुन सक्नुहुनेछ ः
बिहान सबेरै उठ्ने बानी बसालौं
कसैकसैलाई बिहान सबेरै उठ्न मन नपर्ला । तपाईं बिहानै उठेर कहिल्यै खुशी, ऊर्जावान् र सकारात्मक सोच राख्नुभएको छ ? त्यसो गर्नुभएको छैन भने तपाईं बिहानै उठ्ने बानी गर्नुहोस् । तपाईं बिहानै उठ्नुभयो भने तपाईंसँग प्रशस्तै समय हुनेछ । त्यसैले तपाईं बिहान सबेरै उठ्नुहोस्, योगा, शारीरिक अभ्यास गर्नुहोस्, मन परे पूजापाठ पनि गर्नुहोस् । यसो गर्नुभयो भने तपाईंमा सकारात्मक सोचको विकास हुनेछ ।
हरेक दिन शारीरिक अभ्यास गरौं
तपाईंमा जति मानसिक तनाव बढ्दै जान्छ, त्यति नै शारीरिक अभ्यास गर्न सुरु गर्नुहोस् । त्यसपछि महसुस गर्नुहोस्, तपाईंमा कति आनन्द प्राप्त हुन्छ । शारीरिक अभ्यास गर्दा तपाईंको स्वास्थ्य राम्रो हुनुका साथै भावनात्मक शक्तिसमेत बढ्छ ।
शारीरिक अभ्यासले डिप्रेसनको समस्या पनि समाधान हुँदै जान्छ । तनाव र डिप्रेसन कम गर्न हरेक बिहान १५ मिनेट ध्यान गर्दा तपाईंलाई प्रशस्तै फाइदा हुन्छ ।

आफूलाई व्यस्त राखौं
आफूलाई तनावमुक्त बनाउन दैनिक नियम बनाउनुस् र त्यसलाई अपनाउनुहोस् । यसो गर्नुभयो भने तपाईं चाँडै तनावबाट मुक्त हुन सक्नुहुनेछ । तपाईंमा तनाव उत्पन्न भयो भने त्यसको कारण के हो र समस्या कसरी समाधान गर्न जरुरी काम के हुनसक्छ भन्नेबारेमा सोच्नुहोस् । राम्रो सोच्नुहोस् । सकारात्मक दृष्टिकोण राख्नुहोस् । तपाईं आफूलाई दरिलो बनाउनुस् कि तपाई आफूलाई हरेक क्षणमा सम्हाल्न सक्नुहुनेछ ।
हरेक क्षण खुशी बनौं
सकारात्मक सोच निर्माणका लागि हरेक दिन शुभ दिन बनाउनुपर्छ र आफूलाई कसरी खुशी प्राप्त हुन्छ त्यो पत्ता लगाउनुपर्छ । तपाईंले सुन्नुभएकै होला, “जीवनभरका लागि जिउनुहोस् ।” यो भनाइले जीवन जिउनका लागि प्रेरणा प्रदान गर्छ किनकि यसमा सकारात्मक सोच निर्माण गर्न प्रेरक तत्व छ । जीवनका कुनै न कुनै अड्चन अवश्यै आउँछ । ती अड्चनलाई नाघेर अगाडि बढ्ने उपाय तपाईंले पत्ता लगाउनुपर्छ । जीवनमा हरेक क्षणको मज्जा लिनुपर्छ ।
अगाडिको र पछाडिको कुरा सोचेर निराश नहुनुहोस् । जो छ, अहिले नै छ भन्ने सोच्नुहोस् । त्यसैले खुलेर रमाउनुहोस् । जति तपाईं सकारात्मक सोच्नुहुन्छ, त्यति नै तपाईंको जीवनले गति लिन्छ ।
राम्रा सन्देश पढौं
राम्राराम्रा सन्देश पढ्दा पनि तपाईंलाई अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ । यसले लक्ष्य प्राप्त गर्न पनि प्रोत्साहन दिन्छ । त्यसैले तपाईं प्रशस्त सकारात्मक सन्देशहरु मनमा राख्नुहोस् र ती सन्देशहरुको भावनालाई जीवनमा लागू गर्नुहोस्, यसबाट सकारात्मक सोचको विकास गर्न सहयोग गर्छ ।
नकारात्मक अवस्था सामना गर्न तयार होऔं
नकारात्मक अवस्थाको सामना गर्न केही मुस्किल अवश्यै पर्छ । त्यसैले आफूलाई नकारात्मक अवस्थाको सामना गर्न जहिल्यै तयारी अवस्थामा राख्नुहोस् । जीवनमा आफूले गरेको गल्तीप्रति हीनताबोध गर्न आवश्यक छैन, बरु गल्तीबाट सिकेर अगाडि बढ्न जरुरी छ । त्यसैले तपाईं यस्तो अवस्थामा बस्नुस् कि तपाईं जस्तोसुकै अवस्थालाई पनि सम्हाल्न सक्नुहुन्छ ।
खुलेर हाँसौं
हाँसोले तपाईंलाई सकारात्मक विचार प्रदान गर्छ । यस्तै हाँसोबाट सकारात्मक शक्ति पनि प्राप्त हुन्छ । हाँसोले औषधिको समेत काम गर्छ । तपाईं स्वस्थ रुपमा बाँच्नुछ भने खुलेर हाँस्नुहोस् । जति हाँस्नुहुन्छ, तनाव पनि कम हुँदै जान्छ । आफूलाई सकारात्मक राख्नुछ भने तपाईं हाँसिरहनुहोस् ।
राम्रो विचार राखौं
सही विचार लिएर हिँडे त्यसले आफ्नो व्यक्तित्व निर्माण गर्न पनि सहज बनाउँछ । जीवनमा सकारात्मक र सुन्दर शब्दहरु प्रयोग सकारात्मक बन्न सहयोग गर्छ । त्यसैले तपाईं म यो गर्दिनँ, म बाट यस्तो काम हुनेछैन जस्तो सोच आफूबाट हटाइदिनोस् ।
प्रेरणादायी पुस्तक पढौं
दृष्टिकोण बदल्नका लागि राम्रा र प्रेरणादायी पुस्तक पढ्नुहोस् । पुस्तक पढ्दा अघि बढ्नका लागि प्रेरणा मिल्छ । यदि तपाईंलाई पुस्तक पढ्ने बानी छैन भने राम्रा र प्रेरणादायी चलचित्र हेरेर पनि तपाईंले सकारात्मक सोच निर्माण गर्न सक्नुहुनेछ ।
– एजेन्सीको सहयोगमा