वत्ति नहुँदा मर्कामा मुर्मावासी रारा पर्यटन प्रवद्र्धनमा समेत चुनौती

 देविकृष्ण रोकाया
मुगु जिल्ला, रारा गा.वि.स. अन्तर्गतको मुर्मा गाउँमा बत्ति नहँुदा मुर्मावासी मर्कामा परेका छन् । देशकै प्रमुख पर्यटकिय गन्तब्य माािनएको रारा नजिकको एक मात्र गाउँ मुर्मामा गरिबी निवारण कोष, जिल्ला विकास समितिको सहयोग र स्थानिय जनताको श्रमदानबाट २०६१ सालमा सञ्चालनमा आएको थियो ।
पाँच किलोवाटको साना लघु जलविद्युत् विस्तारै विद्युत क्षमता ह्रास हुँदै जम्मा २ किलोवाट मात्र उत्पादन हुने गरेको र संचार प्रविधिको अधिक प्रयोग सँगै विद्युतको माग बढेपछी विस्तारै वत्तिले काम गर्न छाडेको थियो । विस्तारै वत्ति विग्रीएको र उक्त वत्ति मर्मत सम्भार गर्न न त स्थानिय, न त सरोकारवाला निकायले ध्यान नदिँदा २०६७ सालबाट मुर्माका ८० घरका करिब ५०० जना रारावासीहरु अँध्यारोमै वस्न बाध्य छन् । गरिब स्थानिय जनताहरु यसै गाउँमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारले कक्षा छ बाट अनिवार्य कम्प्यूटर शिक्षा लागु गरेको र उक्त स्कुललाई जिल्ला शिक्षा कार्यालयले २०६५ सालमा विद्यालयको लागि डेस्कटप कम्प्यूटर २ वटा, प्रिन्टर १ र फोटोकपी मेशिन १ थान दिएको तर वत्ति नहुँदा उक्त सामानहरु वेकाम भएका छन् । विद्यालयको शैक्षिक, प्रशासनिक, आर्थिक अभिलेख राख्न समस्या भएको र प्रा.वि. तथा नि.मा.वि.का प्रश्नपत्र छाप्नको लागि समेत नेपालगन्ज धाउनुपर्ने भएकोले विद्यालयलाई आर्थिक भार पर्ने गरेको र संघ–संस्थाले दिएका सोलार पनि ६ महिना नहुँदै बिग्रने गरेकाले विद्यार्थीहरु सल्लाको देवालो बालेर पढ्न बाध्य भएको ने.रा.मा.वि.मुर्माका प्र.अ. विक्रम बहादुर शाहीले बताए साथै यसै मुर्मा गाउँको मुर्माटपमा रहेका तिनवटा टावर रेडियो नेपालको रिले प्रसारण, नेपाल टेलिकमको जि.एस.एम टावर, हेलो नेपालको टावर पनि राम्रो संग सुचारु हुन सकेका छैनन् ।
दिउसो सौर्य उर्जाले सामान्यत काम गरे पनि राति काम नगर्ने, बेला–बेला यहाँका स्थानिय लगायत अन्य मुगुवासीहरु सुचना तथा सञ्चारबाट वन्चित हुँदै आएको हेलो नेपाल र नेपाल टेलिकम टावर, मुर्माटपका चौकिदार धनसिंह रोकायाले बताउनु भयो । साथै माजगाउँमा रहेको हेल्प नेपाल हेल्थ पोष्टमा रहेका औषधी–उपचारमा प्रयोग हुने सामग्री बिग्रीएका र रारा राष्ट्रिय निकुञ्ज र निकुञ्जको संरक्षणमा बसेको नेपाली सेनाको कामकार्य समेत प्रभावित हँुदै आएको छ भने रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि मर्कामा परेका छन् । उनीहरुका मोबाइल, ल्यापटप तथा क्यामरामा चार्ज नहुँदा सूचना–सञ्चारबाट वञ्चित हुनु परेकोले रारामा बसाई लम्ब्याउन नसकिएको यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले बताउने गरेका छन् ।