गजल/ आँखाबाट निद हराउँदैछ………….

आँखाबाट निद हराउँदैछ अचेल
फेरि मनको घाउ चह्राउँदैछ अचेल
निश्तब्ध सुनसान रातको अँधेरीमा
परेलिको डिलले आँसु झराउँदैछ अचेल
हुन्छ कि कतै सपनाहरु भताभुङ्ग
किन किन यो मन डराउँदैछ अचेल
हाँस्न रुन गाह्रो हुने बेचैन यो जिन्दगिले
सासै फेर्न पनि गाह्रो गराउँदैछ अचेल
पल पल, प्रत्येक पल मारेर जिउँदो बनार्इ
खोइ किन झन् घाइते पराउँदैछ अचेल