कर्णाली गुञ्जन साहित्यिक विद्रोह हो ः कैदि

कर्णाली गुञ्जनमै हाम्राे सुनौलो भविष्य छ

कर्णाली कला संस्कृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा कर्णाली गुञ्जन नेपाली साहित्य र संस्कृति क्षेत्रमा नयाँ विद्रोह भएको बरिष्ठ पत्रकार एवम् बौद्धिक व्यक्तित्व प्रेम कैदिले बताउनु भयो ।

 

राजधानीको अनामनगरस्थित सम्बाद डबलीमा भएको प्रतिष्ठानको मासिक श्रृंखला ‘कर्णाली गुञ्जन’मा कार्यक्रममा सहभागि सम्पूर्ण श्रष्टाहरुलाई हौसला दिदै कार्यक्रमका प्रमुख अतिथी कैदिले उक्त कुरा बताउनु भएको हो । ‘मलाई यो गुञ्जनमा सहभागि हुँदा कुनै नयाँ कलाकार र गायकको प्रस्तुति भन्दा पनि खारिएका कलाकार र श्रष्टाहरुकाे विशेष प्रस्तुतिजस्तो अनुभूत भएको छ’ कैदिले भन्नुभयो ‘कर्णालीका जाँगरिला युवाहरुको यो जमात आगामी दिनमा पनि निरन्तर सफल हुने र यहि सफलता भित्र नै सुनौलो भविष्य छ ।’

 

कार्यक्रम प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष देवकि तिमिल्सिना ‘समिक्षा’को सभापतित्व रहेको थियो भने नेपालको गणित साहित्यका पहिलो कवि शवराज बम, सामाजिक अभियान्ता भरत प्रसाई, साहित्यकार राजेन्द्र घिमिरेको आतिथ्य रहेको थियो ।

 

प्रतिष्ठानको कार्तिक महिनाको श्रृंखलामा कार्यक्रमका अतिथीहरुका साथै गजलकार वेगम निश्चल, गजलकार अदिप्त प्रकाश, गजलकार सुमन स्मारिका, कुन्साङ, विष्णु विछोड, फगत नविन, विद्या बुढा, रमेश शाही, कविन्द्र रोेकाया, संगिता सुनुवार, कमल कोपिला, भोलामान बोगटि, उमेशसिंह कठायत, दिपक महतारा, मेगेन्द्र जैसी, भुपेन्द्र पुलामीले पनि आ–आफ्ना प्रस्तुति दिनु भएको थियो ।

 

प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्प, बरिष्ठ उपाध्यक्ष देवकि तिमिल्सिना, महासचिव प्रकाश परिश्रमी, कोषाध्यक्ष अभिलाषी दीपक, सचिव प्रज्वल पारखि, सदस्य इरानी सुन्दरी भाम, सुसिला धितालले पनि आ–आफ्ना प्रस्तुति दिनु भएको थियो ।

 

तस्विरमा कर्णाली गुञ्जन