परदेशिनुको पिडा

किन रगतका बिउहरु रोपेर वैभव फलाउन सक्दैन

अबि कुसमाकर, नेपालटार, काठमाडौ

सुनौलो सपना बोकेर आफ्नो र परिवारको उज्ज्वल भबिष्यको लागि परदेशीनु रहर होइन विवसता, बाध्यता हो । रहर लिएर पराई भूमिमा जो कोहि जान चाहदैन । आफ्नो मौलिकता गाउँघर सबै थोक भुलेर मान्छे बिदेशिनु आ–आफ्नै भोगाई छन् ।

 

आशाको किरण बोकि वैदेशिक रोजगारीलार्इ जिबिकोपार्जनको माध्यम बनाएर त्रिभुवन विमानस्थलबाट दिनहुँ सयौं नेपाली बिदेशिन्छन् । अनि कोहि सजिलै सपना साकार पार्छन त कोहि रातो बाकसमा मृत शरिर उपहार लिएर फर्किन्छ्न् स्वदेश । हो यसरी पिडादायिक खबरहरु यी कानहरुले दिनहुँ सुन्नुपर्छ जस्को कारकतत्व भनेकै यो देशका तस्करी, दलाल, भ्रष्ट, शोषक र सामन्तिहरु हुन् । यी कारकतत्वबाट बिदेशिन बाध्य हुन्छ मान्छे ।

 

उज्ज्वल भबिष्यको सपनाको कमजोर पखेटामा उडेको चराले बेलाबेलामा पीडित स्वरमा कराउँछ । र त्यो स्वर केबल आफ्नो बाहेक अरु कसैको कानसम्म पुग्दै पुग्दैन । सबै थोक त्यही छोडेर केही पुरै त केही आधा भन्दै मरुभूमिको बालुवा मा पनि स्याउ फलाउने आशले ती अतृप्त आँखाहरुबाट आँशुको भेल फुटाउँदै बसेको हुन्छ प्रदेशी ।

 

उसको साथमा आफ्नो भन्नु खसेर जाने आँसु बाहेक बाँकी केही हुँदैन सबै रहर, उमंग, हाँसो, खुशी उस्ले घरमै छोडेर केबल एक मुठ्ठी सासको बाचा गरेर लडिरहेको भिडिरहेको हुन्छ । प्रदेशिको साथमा त केबल कारखानामा घोटिने शरिर, दिनहुँ पानी चुहिने आँखा र घर परिवार आफन्त सम्झिदै चर्किने मुटुमात्र हुन्छ । त्यहिँ दुखमा रुदै आफ्नो जिन्दगी धितोमा राखेर कमाएको पैसाले उता घरमा कसैको श्रीमतीले अर्को बिवाह त कसैको श्रीमानले अर्को विबाह गरेर परदेशीको सपना चकनाचुर पारी दिन्छन् ।

 

त्यति मात्र कहाँ हो र ? आत्महत्या फाँसी पुलिस केश लगायतका घट्नाहरु अखबारमा छापिन्छन् यति हुँदा पनि उस्ले कहिले लेख्दैन बेदनाका सन्देशहरु । बरु अँध्यारो छातिको खोपिमा पीडा गाठो पारेर राख्न बाध्य हुन्छ । उस्ले लुकाउन हरसम्भब कोसिस गर्दा पनि उस्का आँखाको नानीले भन्छ नजर चाहिँदैन परदेशमा, डलर चाहिँदैन परदेशमा सुखसयल पाइँदैन परदेशमा । बस पाइन्छ त केबल पसिनाको खेती । चाहिन्छ मरुभूमिका ती बन्जर जमिनलाई हरियाली बनाउन पाखुरी बजार्न सक्ने परिश्रमि हातहरु चाहिन्छ । प्रदेशमा अपमान पिडा र आँखाबाट बगाएको नुनिलो पानीले नै गाउँबेशीको जस्तै चिसो पानीको झल्को दिइरहन्छ ज् !

 

जब प्रदेशिले हरक्षण आफ्नो आयु खर्चेर खटिन्छ अनि उस्ले सोचेका इच्क्षा पूरा हुन्छ । ड्यूटिमा पसिना चुहाएमा मात्र हृदयमा सितल र पेट्मा खाना भरिन्छ हो यस्तै पिडाहरु संगाल्दै प्रदेशी एक्लै भक्कानीदै मनमनै तड्पिइरहन्छ र पनि आँसु नझारी, पसिना नबगाई, बिरक्तीसंग नजुधी रगत, तागत लगानी नगरेर कसरी खनिन सकिन्छ र । भोलिको बाटो भन्दै साहसका साथ चट्टानसंग संघर्ष गर्छ प्रदेशी । अनि सोच्ने गर्छ कि मेरो देशलाई थाहा होला नहोला तर म सपना खोज्दै हिँड्ने प्रदेशीलाई मात्र थाहा छ । मेरो देशमा रोजगार कति र बेरोजगार कति छन् भनेर आज म जस्तै लाखौं प्रदेशी बिदेशी भूमिमा सुनौलो भबिस्य कोर्नलाई दुखका भञ्ज्याङहरुमा संघर्षका पाईला चाल्दै सुखको मैदान भेटाउने आशमा दौडिरहन्छन् तिनै हुन् प्रदेशी । प्रदेशीको एउटै मात्रै प्रश्न हुन्छ किन सक्दैन मेरो देशले मलिलो माटोमा अन्न फलाउन । किन रगतका बिउहरु रोपेर वैभव फलाउन सक्दैन ।

 

आफै माथी पसिनाको पल्टन बगाउने प्रदेशीलाई कस्ले रोक्छ । स्वदेशमै बस भनेर कस्ले रोक्छ र । उस्को मनमा त केबल तेहि छाप परेको छ मेरो देशमा खाली भ्रष्ट, चोरि डकैती, अनियमितता, गुण्डागर्दी , बलात्कार तथा रजनैतिक अराजकता बाहेक केहि छैन । यो त केबल उस्को मुटुमा लागेको चोट न हो । अनेकौं दुख सुख संगालेर घरपरिवारको खुशिको लागि उज्ज्वल सपना बोकेर आफ्नै विवसता परदेशिन्छ ।