गजल/ कस्तो तिम्रो आचरण…..
कस्तो तिम्रो आचरण बुझ्नै सकिएन !
तिमी तिर वातावरण बुझ्नै सकिएन !!
कति दिन चल्छ खै यसरी निर्घात भएर
यो जीवन हो या मरण बुझ्नै सकिएन !
पिँजडाभित्र कैद भएको सपना मेरो
कसले गर्यो अपहरण बुझ्नै सकिएन !
अथाह माया पोख्छौ घृणा गरे जस्तै गर्छौ
कस्तो तिम्रो अनुसरण बुझ्नै सकिएन !
घरी हँसाउछ, रुवाउँछ, जलाउँछ मुटु
के हो मायाको नामाकरण बुझ्नै सकिएन !