कर्णालीमा फेरि अर्को जिप दुर्घटना

कालिकाेट । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ–१० का यदुराज न्यौपाने, रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए । घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

 

मुगुबाट सुर्खेत जार्दै गरेको लु २ च २०३ नम्बरको रातो प्लेटको बोलेरो मंगलबार बेलुका राति १०स्३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।