काठमाडौंमा फेरि गुञ्जिदै कर्णालीका श्रष्टा

राजधानीलार्इ कर्मथलो बनाएका कर्णालीका लेखक, साहित्यकारहरू मंसिर महिनामा पनि गुञ्जिन लागेका हुन् ।

 

कर्णाली कला संस्कृति प्रतिष्ठान नामक साहित्यिक संस्थामा आवद्ध भएर यस अघि ३ पटक काठमाडौंमा र १ पटक कालकिोट सदरमुकाम मान्ममा कर्णाली गुञ्जन नामक श्रृंखला चलाएर हरेक महिना गुञ्जिएका थिए ।

 

‘भाषा, साहित्य र संस्कृतिको उत्थान ! श्रष्टाकै पहिचान, श्रष्टाकै सम्मान !!’ भन्ने मूल मर्मसहित र्कणलीका युवाहरु अघिल्लो महिना जस्तै यो महिना पनि एक आपसमा गुञ्जिदा भने केहि फरक श्रृंखला चल्ने बताउँछन् कर्णालीका श्रष्टाहरु ।

 

प्रतिष्ठानका संस्थापक मध्येका एक दिपक अभिलाषी अध्धययनको सिलसिलामा राजधानी छाडेर दाङमा जाने भएपछि उनको सम्मानमा रचना वाचन तथा विदाई र्कायक्रम हुने जानकारी प्रतिष्ठानले जानकारी दिएको छ ।