अपहरण भएको ८ महिने शिशुको शव जंगलमा मृत अवस्थामा फेला

 

महोत्तरी भदाै ११। महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ । औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक जंगलमा मृत अवस्थामा भेटिएको छ ।

 

शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।शिशुका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।