अपनाउनुहोस यी घरेलु उपाय पायल्स रोगबाट बिना अप्रेशन छुटकरा पाउन सकिन्छ

काठमाडाै।अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय: पाइल्सको उपचार गर्ने घरेलु उपाय

 

– करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ।

– निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ।

– प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ ।

– पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ ।

– बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।

– पाइल्सको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ ।

– भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।

– खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ ।

– चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ ।

– भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ ।

– सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ ।

– आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने ।

– त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ।

– पाइल्स अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवन गरे ववासीर निको हुन्छ ।

– पाइल्सको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।

– सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ ।

– इन्द्रजौको काढा १० ग्रामको दरले एक महिना सेवन गरे बवासीर खुनी–वादी आराम हुन्छ ।

अथवा इन्द्रजौको चुर्ण र मह खाए पनि निको हुन्छ ।

– प्रत्येक दिन ३ ग्राम कुसुमको फुलको धुलो दहिमा फिटेर खानाले अर्श निको हुन्छ ।

– कुरैयाको बोक्रा कुटेर निस्केको रस २० मिलीलिटर पिउने गरे दुबै थरीका पाइल्स निको हुन्छ ।

– माल कागुनोको विज पिधेर लेप गर्नाले अर्श निको हुन्छ ।

– फुलगोबीको पात निचोरेर रस निकालेर अर्शमा लगाए अति लाभ हुन्छ ।

– कागती ३ ग्राम रस मुखमा लिएर गाईको दुधसँग खाएमा फाइदा हुन्छ ?

 

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।