अन्ततः खुल्याे रहस्य, निर्मला प्रकरणकी दोषी बम दिदी बहिनी नभई अनिता बम

काठमाडाै कार्तिक १०।   कञ्चनपुरकी १३ वर्षीया बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ ।समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

 

निर्मलाका किताबहरू पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती किताबहरू घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरू ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता भन्ने अनिता र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरू उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरूको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

 

समितिले आफ्नो सुझाबमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

 

गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको ३४औं पृष्ठमा भनिएको छ, ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएको छ ।

 

तर, प्रहरीले तत्कालीन ईन्स्पेक्टर भट्टलाई प्रहरी प्रधान कार्यालयमा रहेको एक नम्बर गणमा थुनेर राखेको खुलासा भएको छ । बर्खास्त गरिएका तत्कालिन् एसपी विष्ट भने रिहा भैसकेका छन् । तर, उक्त प्रकरणमा सँगै बर्खास्तमा परेका भट्टलाई भने अझै प्रहरीले थुनेर अनुशन्धान गरिरहेको छ ।

 

गृह मन्त्रालयले बिहीबार विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो । तर बर्खास्त गरिएको पत्रमा ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको’ उल्लेख छ ।

 

योसंगै उनी कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । विष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् । गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै उनले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।