पाकिस्तानमाथि गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी छनोटको दोस्रो चरणमा

पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ।

 

थाइल्याण्डमा जारी एएफसी यू(१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९(० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण पुगेको हो।

 

थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् ।

 

खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो। सम्झना लावतीले ३२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन्। ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन्। पहिलो हाफमा ३(० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप आधा दर्जन गोल गर्‍यो।

 

पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पूजा रानाले गरिन्। खेलको ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन्। त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् ।

 

५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पुर्याएकी थिईन् । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।

 

जितसँगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ।

 

नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३(० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २(० ले हराउँदै छनोटको आशा कायमै राखेको थियो।

 

पाकिस्तान पहिलो खेलमा भारतसँग १८(० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग समान १८(० ले नै पराजित भएको थियो।

 

आजै हुने अर्को खेलमा थाईल्यान्डले भारतलाई हराए पनि नेपाल अन्तिम चरणमा छनोट हुनेछ। यदि भारतले थाइल्याण्डलाई हराए पिनि भारत र नेपालको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा भारतभन्दा नेपाल अगाडि हुनेछ।

 

थाईल्यान्ड अन्तिम चरणको पनि आयोजक भएकाले यस समूहको दोस्रो टोली पनि अन्तिम चरणमा छनोट हुनेछ।

 

अघिल्लो महिना भुटानमा भएको यू(१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२(० ले पराजित गरेको थियो।

 

भारतविरुद्धको खेलमा दुवै गोल गरेकी नेपाली टोलीकी नियमीत फरवार्ड रेखा पौडेलको आज पाकिस्तान विरूद्ध खेलिनन्। लगातार दुई खेलमा पहेंलो कार्ड पाएकी उनी आज पाकिस्तानविरूद्ध बेन्चैमै बसेकी हुन्।