सासुुबुहारी बेपत्तापछी बुहारी मृत फेला

बैतडी,१५ कात्तिक । बैतडीमा सासुबुहारी बेपत्ता भएकोमा बुहारी बिहीवार मृत फेला परेकी छन् भने सासु बेपत्ता रहेकी छन् ।
मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए ।
बेपत्ता हुनेमा मृतक निर्मलाकी सासु ५२ बर्षीया पार्वती भट्ट रहेकी छन् । बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझ सम्म पनि घर नर्फकिदा सासु पार्वती खोज्न जाँदा पार्वती समेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
दुबै जना रातीसम्म पनि घर नफर्किएपछी घरपरिवार र अन्य सदस्य खोज्न गर्न जादाँ निर्मला बिहीवार बिहान स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
निर्मलाकी सासु पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागी प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरीटोली परिचालन गरिएको छ ।
घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडी बढाईएको छ ।