नगरकोट घुम्न जाने पर्यटकलाई दोहोरो कर

काठमाडौ कार्तिक १७ देश संघिय संरचनामा गएका बेला जता जतै कर आतंक बढ्कोछ काठमाडौंबाट नजिकै रहेको पर्यटकीय क्षेत्र नगरकोटमा स्थानिय निकायले पनी कर उठाउदा थाले पछी त्यहाँ घुम्न जाने पर्यटक दोहोरो मार्कामा परेका छन् ।
नगरकोट घुम्न जाने बाहे पर्यटकहरु दोहोरो कर उठाउन थाले पछी त्यहाँ घुम्न जाने बिदेशी पर्यटकमा कमी आउन थालेको छ । दिनमा आन्तरिक र बिदेशी पर्यटक गरी दिनमा हजारौको संख्यामा घुम्न जाने नगरकोटमा त्यहाँको स्थानिय निकायले पनी छुटै कर उठाउन थालेकोछ ।

नगरकोटमा बिहानको सुर्य उदय अथवा सन राईज हेर्न र बिभिन्न चाँदी जस्ता टल्किने सेता हिमाल हेर्न जाने गर्दछन् । नेपालका अग्ला अग्ला हिमाल हेर्न सकिन्छ ।  हाम्रो देशको राजधानी उपत्यका सबै देखिने भएको दिनमा हजारौको संख्यामा घुम्न र हेर्न जाने गर्दछन् ।हरियाली जंगल चिसो हावापानी चारैतिरको रमणिय दृश्य हेर्न सकिन्छ नगरकोटबाट  बिभिन्न हिमालको दृश्यसँगै फोटो खिच्न सकिन्छ ।भ्यु टावरबाट काठमाडौ लगायत अन्य छिमेकी जिल्ला हेर्न सकिन्छ ।

हामी नेपालीको भनाई छ अतिथि देब भब तेसैले हामीले बिदेशबाट आउने पर्यटकलाई स्वागतका साथ राख्न् पर्छ ताकी नेपालमा  अप्ठेरो पार्ने काम हामी कसैले गर्नु हुदैन  नेपालको नराम्रो संदेश नजाहोस् । सम्वधि निकायले आवश्यक समुन्य गरि दोहोरो करको अन्तय होस ।