भारतीय कांग्रेसले नेपाललाई सोध्यो– मोदीलाई मात्रै महत्व ?


काठमाडौं कार्तिक १९।भारतीय राष्ट्रिय कांग्रेस ९कांग्रेस–आई०ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।

 

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी ९बीजेपी०लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

 

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक(अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए । भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासोसहित उसले यस्तो सन्देश प्रवाह गरेको हो । सरकारले भारतसँगभन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ ।

 

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति इंगित गर्दै यस्तो धारणा आएको हो । नेपाल र भारतबीच दुईपक्षीय सम्बन्ध राम्रो होस् भन्ने चाहना भारतीय कांग्रेसको सधैं रहेको तर भारतको आन्तरिक मामिलामा नै असर गर्ने गरी नेपालले प्रधानमन्त्री मोदी र उनको पार्टीलाई मात्रै प्राथमिकता दिएको भनी उसले असन्तुष्टि व्यक्त गरेको हो ।

 

दिल्लीस्थित नेपाली दूतावासमार्फत कंग्रेस आई सभापति राहुल गान्धीले नै सीधै यसमा चासो देखाएका हुन् । ‘नेपालले भारतीय जनता पार्टीलाई दिएको महŒवको कारण भारतको आन्तरिक राजनीतिमा ठूलो असर मात्र गरेको छैन । यसबाट नेपाल–भारत सम्बन्ध आगामी दिनमा कस्तो हुने भन्ने समेतको चिन्ता सुरु भएको छ,’ गान्धीनिकट एक व्यक्तिले भने ।

 

दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा समेत भारतीय दल विशेषको धारणा उल्लेख छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतले दूतावासलाई उद्धृत गर्दै भन्यो, ‘छिमेकका नेताहरूबाट कुनै पनि प्रदेशमा हुने उच्चस्तरीय राजनीतिक भ्रमणबारे गहिरिएर सोच्न आवश्यक छ । राजनीतिक दलका आफ्नै प्रकारको सम्बन्ध हुन्छ । यसलाई हामीले ध्यान दिनुपर्छ । निर्वाचनको मुखमा हुने भ्रमणको अर्थ धेरै राख्छ ।’

 

पत्राचारबारे दूतावास अधिकारीले औपचारिक धारणा दिन अस्विकार गर्दै भने, ‘आन्तरिक पत्राचारहरू हामीले बाहिर भन्न मिल्दैन । भ्रमणबाट भएको फाइदा–बेफाइदा र आगामी दिनमा निम्तिने समस्या सबै राखेर हामीले मन्त्रालयलाई जानकारी गराएका छौं ।’

 

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउने सम्भावना देखिएपछि कांग्रेस आईले निर्वाचन प्रक्रियालाई असर गर्ने गरी छिमेकी धर्मसंस्कृति र कूटनीतिमा उपयोग हुन नहुने सुझाव नेपाली दूतावासलाई केही दिन पहिले दिएको एक दूतावास अधिकारीले बताए । प्रधानमन्त्रीको भ्रमणलाई सीधा नतोके पनि छिमेकसँगको सम्बन्धलाई कांग्रेस आईले नजिकबाट नियालिरहेको भन्दै मुक्तिनाथ भ्रमण र दक्षिण भारतको निर्वाचनको समयलाई कांग्रेसले नभुलेको स्पष्ट पारेको पनि दूतावास अधिकारीले बताए ।

 

भारतका लागि कार्यवाहक राजदूत रहेका भरत रेग्मीले कूटनीतिमा नेपाल गम्भीर नै रहेको जिकिर गरे । ‘भ्रमण अधिक गराउने पक्षमा हामी छौं । तर, हरेक भ्रमण सबै पक्ष अध्ययन गरेरै हुने गरेको छ । भारतको आन्तरिक राजनीतिमा हामी उपयोग हुनु हुँदैन, यसमा गम्भीर छौं,’ उनले भने, ‘अघिल्ला भ्रमण र आउँदो भ्रमणबारे कुनै औपचारिक धारणा त यहाँ कसैले दिएका छैनन् । कुनै अध्ययनबाट आएको भए जानकारी भएन ।’

 

नेपालबारे दुवै छिमेकी ९चीन र भारत० तथा पश्चिमा मुलुकको समेत चासो र प्रतिस्पर्धा रहेको अवस्थामा भारतकै दलविशेषबाट नेपालको आन्तरिक कूटनीतिमा प्रश्न उठेको प्रति आफूहरू सचेत रहेको परराष्ट्र अधिकारीहरू बताउँछन् । राजनीतिक नेतृत्वले भने खासै ध्यान नपु¥याएको उनीहरूको आरोप छ ।आजको अन्नपूर्णपोष्टबाट।