पुरानै तरिकाले कार्य गरे कर्मचारीले टाउकाको टोपी हातमा राखेर भाग्नुपर्ने अवस्था हुन सक्छ: मुख्य आयुक्त घिमिरे

कञ्चनपुर, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्ट्राचार न्यूनिकरण गर्नका लागि सदाचारिकताको भावनाको विकास गरिनु पर्ने बताएका छन् ।

 

सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको भीमदत्तनगरमा नव निर्मित भवनको उद्घाटन गर्दै उनले जनता सचेत भैसकेकाले कर्मचारीले विगतमा जस्तो नियति, चरित्र र व्यववहारमा परिवर्तन ल्याउनु पर्ने बताए ।

 

‘पुरानै तरिकाले कार्य गरे कर्मचारीले टाउकाको टोपी हातमा राखेर भाग्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने, ‘अख्तियारले सुशासन कायम गर्नका लागि पारदर्शिताको नीतिलाई अबलम्बन गरेको छ ।’ सबै भन्दा बढी उजुरी स्थानिय तहका आएकाले अनियमियता गर्ने छुट कसैलाई पनि नभएको उनले बताए ।

भ्रष्ट्राचार न्यूनिकरण गर्नका लागि वडा सम्म सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि कार्य अगाडी बढेको छ उनले भने । क्षमता भन्दा बढि ठेक्का लिएर काम नगर्ने ठेकेदार अख्तियारको कार्वाहीमा पर्ने उनले बताए । प्रमुक्त आयुक्त घिमिरले महेन्द्रनगर नगरविकास समितिमा भएको अनियमिता बारे समेत आयोगले गम्भिर ढङगले छानबिन गरेर अघि बढ्ने समेत बताए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले विकास निर्माणमा गैर जिम्मेबारीपना देखाउने र प्रकृयाभन्दा बाहिर गएर काम गर्ने जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए ।

अख्तियार कार्यालय भवन उद्घाटन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरमा प्रदेश स्तरिय कार्यालय भवन आयोगका मुख्य आयुक्त नविन कुमार घिमिरेले आज उद्घाटन गरेका छन । भीमदत्त नगरपालिका–४ भीमदत्तनगरमा अख्तियारको सुदूरपश्चिम प्रदेश स्तरिय कार्यालय भवन निर्माण गरिएको हो ।

 

महेन्द्रनगर नगरविकास समितिले अख्तियारलाई प्रदान गरेको एक विगाह जमिनमा रु ९ करोड, १२ लाख, ४४ हजार, ७६० को एक भवन र अर्को भवन रु ७ करोड, ३६ लाख, ९८ हजार, ९५२ निर्माण गरिएका छन ।

 

प्रशासनिक र प्रहरी ब्लक गरी दुई भवन निर्माण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख ज्ञानेन्द्र प्रशाद ढकालले बताए । प्रहरी चौथो ब्लको २ हल, २३ कोठा र आयोगको दुई तले प्रशासनिक भवनमा ४ हल, ३० कोठा भिआईपी एसिया निर्माण गरिएको छ ।