नेपाल–भारतका सांसदको प्रतिबद्धता सुख्खा बन्दरगाह बनाउन

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको महाकाली नगरपालिका–८ दोधाराचाँदनीमा सुख्खा बन्दरगाह बनाउनका लागि नेपाल–भारत सांसदले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

नगरपालिकाको वडा नं ७ को गाउँबाबाथानमा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य डा। दिपक प्रकास भट्ट र भारतका तर्फबाट उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विद्यान सभा सदस्य पुष्कर सिह धामीले सुख्खा बन्दरगाह निर्माणका लागि आ–आफ्नो देशका तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

नेपाल भारतको सम्बन्ध बलियो बनाउनका लागि सुख्खा बन्दरगाह निर्माण गर्नुपर्नेमा जोडदिएका थिए । उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विधान सभा सदस्य पुष्करसिह धामीले सुक्का बन्दरगाहको काम अघि बढाउनका लागि भारत सरकार सदैव नेपालको साथमा रहेको बताए ।

 

बन्दरगाह निर्माण नभएका कारण व्यापार घाटा बढेकाले त्यसको निराकरणका लागि बन्दरगाह निर्माण हुनु पर्ने उनले बताए । नेपाल र भारतको रोटी र बेटिको प्रगाढ सम्बन्ध भएकाले यसलाई अगाडी बढाउनु पर्ने उनको भनाइ थियो । प्रतिनिधी सभा सदस्य डा।दिपक प्रकास भट्टले सुख्खा बन्दरगाह निर्माण र एकिकृत महाकाली सन्धी अनुसार दोधाराचाँदनीले पाउनुपर्ने ३५० क्युसेक पानी पाउनका लागि भारत सरकार संग पहल गरि रहेको उनले बताए ।

 

एकिकृत सुरक्षा जाँच पोष्ट स्थापना गरेर दुवै देशका नागरिकलाई आवतजावतमा सहजता ल्याउनका लागि कार्य अगाडी बढेको उनको भनाई थियो । सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले नेपालको पश्चिमी नाका कञ्चनपुरदेखि भारतको राजनीतिक दिल्ली नजिकको दुरीमा रहेको चर्चा गर्दै सुख्खा बन्दरगाह निर्माण भए नेपालको विकासमा टेवा पुग्ने बताए ।

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले नेपाल–भारत सदुयौँदेखिको प्रगाढ सम्बन्ध रहेको प्रसङ उल्लेख गर्दै एकिकृत महाकाली सन्धी अनुसार नेपाली पक्षले पानी नपाएको सांसद धामी समक्ष गुनासो गरे । महाकाली नगरपालिका प्रमुख बीर बहादुर सुनारले जहिलेदेखि सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल९एसएसबी० खटिए त्यही समयदेखि नेपाल–भारतका नागरिक विचको सम्बन्ध चिसिएको गुनासो पोखे ।