शिक्षक कुटे वडा अध्यक्षले , टाउकोमा ५ टाँका

प्युठान, कात्तिक २१ । जनता माबि टिमुरचौर प्युठानका शिक्षक सिंद्दिमान एमसीलार्इ झिमरुक गाउँ पालिका ८ का वडा अध्यक्ष तुलस बस्नेतले कुटपिट गरि गम्भीर घाईते बनाएका छन् ।

 

बिद्यालय ब्यवस्थापन समिति,बिद्यालय अधिभावक समिति र बिद्यालयकाबीचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसीले राखेका बिद्यालय सुधारका ऐजेण्डा र वडा अध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भएपछि वडा अध्यक्ष आक्रामक भएमा थिए ।

 

बिद्यालयको बैठकमै कुटिएका शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ । शिक्षकको टाउकोमा अहिले ५ वटा टाका लगाईएको छ । त्यस्तै शिक्षक एमसीले आफु अशुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन् ।

 

झिमरुक गाउँ पालिका ८ का नेकपाका वडा अध्यक्ष बस्नेतले शिक्षकको टाउकोमा कुर्ची प्रहार गरेको थिए । उता वडा अध्यक्षले भने एमसीले घटना भने जस्तो गम्भीर नभएको तर आफुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन् ।