भिआईपीको अगाडी यति ठुलो सम्मान पाएका धर्मुस सुन्तलीले

काठमाडौं २२ कार्तिक भूकम्पको बेला पुनर्निर्माण जोडी जसले भत्किएको घरमात्र होइन, मनसमेत जोड्ने काम गरेका थिय । उनीहरूले हिमाल, पहाड र तराईमा तीनवटा आकर्षक बस्ती नै निर्माण गरेका छन् ।

हास्य कलाकार तथा समाजसेवी धर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरेले देशविदेशका नेपालीमाझ अँजुली थापेर सहयोग संकलन गरे । त्यही जुटेको रकमबाट तीनवटा बस्ती निर्माण गरे । टीभी स्क्रिनबाट लाखौं दर्शक हँसाएका उनीहरू भूकम्पपीडित बस्तीमा पसेर सयौँ नेपालीको घाउमा मल्हम लगाउन कस्सिए । दर्शकको आँखाको आँसु पुछ्न भूकम्पपीडितको घरआँगनसम्म पुगे ।

 

सजसेवी तथा दम्पति कलाकारले ‘धुर्मुस सुन्तली फाउन्डेशन’ मार्फत काभ्रेको पहरे बस्ती, सिन्धुपाल्चोकको गिरान्चौर र महोत्तरीको बर्दिवास र रौतहटको सन्तपुरमा एकीकृत नमूना बस्ती बनाइसकेका धुर्मुस सुन्तलीलाई बाराको सिमरामा भब्य सम्मान गरिएको छ। धुर्मुस सुन्तलीले एक कार्यक्रममा देशका ठुला मन्त्री देखी भिआईपीको अगाडी यति ठुलो सम्मान पाएका थिए ।