झुन्डिएर एक महिला द्वरा आत्महत्या

 कैलाली कार्तिक २५ । कैलालीको बर्दगोरिया गाउपालिका वडा न १ मुडा गाउमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छिन । आज दिउसो २स्३० बजे आफ्नै घरमा रहेको ट्वाईलेटमा ४८ बर्षिय सिता जानकी चौधरिले झुन्डिएर आत्महत्या गरेकी हुन ।

 

महिलाले के कति कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न सकेको छैन । आत्महत्या गर्नुको कारण बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहिले जानकारी दिनुभयो । शबलाई पोस्टमार्टमका लागी टिकापुर लगिएको प्रहरी निरीक्षक शाहिले जानकारी दिनु भयो ।