नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौँ, कात्तिक २६ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् ।

 

तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन् । यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो।

केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको बैठक नै बस्न छाडेको छ। यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन्।

 

पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र।स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ।आजको कान्तिपुर दैनिकबाट ।