मन्त्रिपरिषद बैठकले भारत, मलेसिया र युएईका लागी राजदूत नियुक्त गर्ने निर्णय


काठमाडौं कार्तिक २६। सरकारले तीन देशका लागी राजदूत सिफारीस गरेको छ । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले भारत, मलेसिया र युएईका लागी राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले भारतका लागी निलाम्बर आचार्य, मलेसियाका लागी उदयराज पाण्डे र युएईका लागी कृष्ण ढकाललाई राजदूत बनाउने निर्णय गरेको हो ।

त्यसैगरी हाल जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको म्याद थप्ने निर्णय समेत सरकारले गरेको छ । भारतका लागी राजदूतमा सिफारीस गरिएका आचार्य पुर्व कानुनमन्त्री हुन् भन् पाण्डे एमाले निकट वुद्धिजिवी हुन् । युएईका लागी राजदूत सिफारीस ढकाल भने परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।