नेविसंघ अध्यक्ष साउदसहित चारजना पक्राउ

अछाम, कात्तिक २८ । नेविसंघ काभ्रेका नेता कृष्ण ढकालको रिहाइको माग राखि सरकार विरुद्ध नेपाल विद्यार्थी संघ अछामले गरेको २ घण्टा चक्काजाम कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

 

नेपाल विद्यार्थी संघ अछामले गरेको शान्तिपूर्ण आन्दोलनमा अछाम प्रहरीले नेपाल विद्यार्थी संघ अछाम जिल्ला अध्यक्ष नृप साउद, जिल्ला सचिव बम स्वार, नेविसंघ नेता बेदराज भण्डारी र लक्षमण भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

 

आफूले शान्तिपूर्ण आन्दोलन गर्दा अछाम प्रहरीले तानाशाही तरिकाले आफ्नो कार्यक्रमलाई बिथोलेको नेविसंघ अछामका अध्यक्ष साउदको आरोप छ । यता अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले चक्काजाम गरि सवारी साधन बन्द गरेकोले यो कानुन विपरित कार्य भएकोले उनिहरुलाइ नियन्त्रणमा लिएको जानकारी दिए ।