नेपाल प्रहरीको मुल्य ५० रुपैयाँ नै हो त आईजिपी साप ?बर्दी लगाएकाले घुस खादैनाै भनि कसम खाएका हाेर्इन र?

श्रीमान प्रहरी प्रमुख ज्यू,
प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं ।

विषयः प्रहरीको आचरणमा कहिले सुधार ल्याउने भन्नेबारे ।

 

    महोदय,
‘सत्य सेवा सुरक्षणम्’ यो नेपाल प्रहरीको ‘स्लोगन’ हो । यही मन्त्रलाई आत्मसाथ गर्दै जो कोहीले पनि नेपाल प्रहरीमा सेवा गर्छन् । नेपाल प्रहरीले बिहान बेलुका यही मन्त्र उच्चारण गर्दै आईरहेका छन् । सुरक्षाको सबैभन्दा ठूलो धर्म नै सत्य हो । प्रहरी जनधनको सुरक्षामा खटिन्छ । उसले रातदिन, भोकप्यास, निद्रा नभनी कर्तब्य पुरा गर्ने कोशिस गर्छ । प्रहरीको काम, कर्तव्य र क्रियाकलाप नागरिकको भावनाको उच्चतम सम्मान गर्ने हो । शान्ति सुरक्षाको अनुभूति गराउँदै लोकतन्त्रलाई बलियो तुल्याउनुपर्ने कर्तव्य नागरिकको हो ।

 

त्यस्तो आचरण हुनुपर्ने प्रहरी पछिल्लो समय दिनप्रतिदिन बदनाम बन्दै गएको छ । जुन कुरा तपाई र तपाईको प्रहरी सँगठनले पनि स्वीकार गरेकै हो । आईजीपी सर्बेन्द्र खनालज्यू कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा जसरी प्रहरी मुछियो ।

 

त्यसपछिबाट आम नागरिकको मनमा नकारात्मक दृष्टिकोण अवश्य पनि पैदा छ । मैले एउटा शब्द भनिरहँदा तपाईलाई अप्ठेरो पनि लाग्न सक्छ तर प्रहरीलाई आम नागरिकले समाजको बर्दिवाला गुण्डाको रुपमा चित्रण गर्न थालेका छन् । यो विषयलाई प्रमाणित गर्न अरु कही जानै पर्दैन्, तपाईको प्रहरी संगठन भित्रकाहरुले बेला बेला गर्दै आएका काम हेर्दा नै काफी हुन्छ ।

 

गत वर्ष नवलपरासीको दाउन्नेमा एउटा सवारी दुर्घटनामा पर्‍यो । एउटा मालवाहक ट्रकले दुईजना सवार मोटरसाईकललाई ठक्कर दियो । मोटरसाईकलको पछाडि बसेका एकजनाको घटनास्थलमै मृत्यु भयो । अगाडि बसेका व्यक्ति गम्भीर घाइते थिए । दुर्घटनापछि घटनाका प्रत्यक्षदर्शीले प्रहरीलाई फोन गरे । सबैभन्दा पहिला चितवन प्रहरीलाई फोन गरियो । उताबाट गैडाकोट प्रहरीलाई फोन गर्न भनियो । गैडाकोट प्रहरीलाई फोन गर्दा परासी प्रहरीलाई फोन गर्न भनियो । परासी प्रहरीलाई फोन गर्दा कावासोती प्रहरीलाई फोन गर्न भनियो । यो वीचमा झण्डै अढाई घण्टा वित्यो । त्यतिञ्जेलसम्म घाइते एक जनाको ज्यान गईसकेको थियो ।

 

माथिको उदाहरण मैले बनाएको कहानी हैन । यो यर्थात घटना हो । अब भन्नुहोस्, तपाईको प्रहरी संगठन कति प्रभावकारी छ रु तपाईले विभिन्न कार्यक्रममा गएर भन्ने गरेको भाषण बेला–बेला मेरो दिमागले सम्झाईराख्छ, ‘प्रहरी जनताको सेवामा २४ सैं घण्टा खटिन्छ’ माथिको घटनाबाट मैले र म जस्ता आम नागरिकले कुन अर्थमा बुझ्ने ।

 

म सानोमा कुनै बेला रुन थाल्यो भने मेरो मम्मी बाबाले, ‘अहिले पुलिस आएर लैजान्छ’ भन्नुहुन्थ्यो । मेरो रुवाई तुरुन्तै बन्द हुन्थ्यो । मैले प्रहरीलाई कहिले पनि सकारात्मक दृष्टिकोणले हेर्न सकिनँ । हुनत मेरो परिवारका धेरै सदस्य प्रहरी संगठनमै आवद्ध छन् । त्यतिगर्दा पनि प्रहरीका विभिन्न गतिविधिले गर्दा मलाई विश्वास गर्ने ठाउँ रहदैंन् ।

 

अब म तपाईका प्रहरीको मुल्य बताउँन गईरहेको छु । मैले यो पत्र तपाईलाई लेखिरहँदा पनि ती प्रहरी सस्तोमा नै बिकिरहेका होलान् । तिहार सकाएर आफ्नो कर्मथलो राजधानी फर्किने क्रममा महेन्द्रनगरबाट बस चढे । करिब ४० जनाको सिट क्षमता भएको बसमा करिब ६० जना चढेका थिए । जुन कानून विपरित हो । हाम्रो गाडिलाई कञ्चनपुर, कैलालीमा कुनै चेकिङ भएन् । म घर जानुभन्दा पहिला काठमाडौंमै एउटा समाचार बनाएको थिए, ‘सिट क्षमताभन्दा बढी यात्रु चढाउने बसलाई कारवाही गरिने’ ।

 

उक्त समाचार बनाउँदा म एकमनले निकै खुशी थिए । तर अर्को मनले सोचिरहेको थिए के साच्चै कारवाही होला त रु यात्राको क्रममा बाटोभर जुन दृश्य देखियो त्यसले मलाई लाग्यो बेकारमा समाचार बनाईएछ । हामी चढेको बस अत्तरिया, चिसापानी हुँदैं कोहलपुर पुग्यो । त्यहाँ पुग्दा रातिको ८ बजिसकेको थियो । कोहलपुर नजिकै तपाईको एउटा प्रहरी चेक प्वोईन्ट छ । त्यहाँ प्रहरी हवलदारसहित करिब ५ जना ड्युटीमा थिए ।

 

हाम्रो गाडी त्यहाँ पुग्दा एकजना प्रहरी जवान वीच सडकमा आएर गाडीलाई साईड लगाउन निर्देशन दिए । तर गाडी साहूले तुरुन्तै सहचालकलाई प्रहरी विटमा पठाए । केही क्षणमा हाम्रो गाडी त्यहाँबाट आफ्नो गन्त्व्यमा अगाडि बढ्यो । केही पर पुगेपछि सह–चालक र गाडी मालिकबीच कुराकानी सुरु भयो ।

 

सुरुमा गाडी मालिकले भने, ‘प्रहरी जति चोर को होला र रु’ उनको कुरा सकिनेवित्तिकै सहचालक बोले, ‘।।लेहरु ५० रुपैयाँमा बिके’ उनी दुईवीचको कुराकानी म सुनिरहेको थिए । सह–चालकको भनाईको अर्थ थियो । गाडीमा सिटभन्दा बढी यात्रु चढाएवाफत ५० रुपैयाँ कुनै कारवाही गरिएन् ।

 

मैले चाँसो देखाएर उनीहरुसँग कुराकानी सुरु गरे, ‘बाटोभर सबै ठाउँमा यस्तै हो र’ भन्दा तत्कालै गाडी साहूले जवाफ दिए, ‘बाटोभर करिब ५र६ ठाउँमा छन् यस्तै गरी ५० रुपैयाँमा बिक्ने प्रहरी ।’

 

त्यहाँबाट हाम्रो गाडी अगाडि बढ्यो । चितवनमा पनि त्यस्तै प्रहरी चेकजाँच क्याम्प थियो । त्यहाँ पनि प्रहरीवीच बाटोमै आएका थिए । मैले अब भिडियो बनाउनुपर्छ भन्ने सोचेको थिए । तर त्यहाँ गाडी साहूले पैसा दिएनन् । त्यो बेला उनले विभिन्न तर्क गरेर अगाडि बढेका रहेछन् । उनले ‘होईन् तपाईले हाम्रो गाडीलाई कारवाही गरेर दुर्घटना नहुने हो र रु बढी भएका यात्रुहरुलाई या त बाहिर निकाल्नु पर्‍यो या त हामी पैसा दिन सक्दैंनौं’ भनेपछि त्यहाँको प्रहरी पछि हट्यो ।

 

आईजीपी साप तपाईले प्रहरीलाई बाटोभर के गर्न राख्नुभएको हो, त्यो त मलाई थाहा छैन् । तर यात्राको क्रममा जुन दृश्य मैले देखेँ त्यसबाट म प्रष्ट भन्न सक्छु ‘चाडपर्वको बेला कमाउधन्दा लगाउन चाहीँ प्रहरीले निकै जानेको छ ।’

 

बाटोमा रातभर यस्तै ५० रुपैयाँकै लेनदेन चलिरहेको थियो । जुन बिहान सहचालकले भनेपछि मैले जानकारी पाए । दोस्रो दिनको विहान थानकोट पुग्दा गाडी साहू भन्दै थिए ‘अब थानकोट पुगियो जे हुन्छ यहीँ हुन्छ’ यसको अर्थ उनीहरु पैसा नमाग्ने खालका रहेछन् । मागे पनि अलि बढी नै दिनुपर्ने रहेछ । या त कारवाहीको लागि चिट नै काट्ने खालका रहेछन् । थानकोट चेकिङ प्वोईन्टमा प्रहरीले चेकजाँच गरेर पठायो । त्यहाँ भने बढी यात्रुको बारेमा कुरा उठेन ।

 

अब भन्नुहोस् आईजी साप तपाईका प्रहरीलाई हामीले कसरी बुझ्ने । हुन त यो भन्दा अन्य घटनाले पनि प्रहरीको चरित्र देखाउँदै आएको हो । तपाईले जे जति कारवाहीको धम्की दिएपनि उनीहरुको नियति बदल्न सकिनेछैन् । यदी तपाई सक्नुहुन्छ भने तपाईको कार्यकालमा प्रहरी संगठनभित्रका यस्ता धमिराहरुलाई सखाप पारेर जानुहोस् । तपाईको नाम ईतिहासमा नै स्वर्णिम अक्षरले लेखिनेछ ।,केन्द्रबिन्दु डटकम बाट साभार गरिएको ,

 

तपाईको शुभचिन्तक
कृष्णसिंह धामी काठमाडौं