घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बझाङ, कात्तिक २९ । भिरबाट लडेर बझाङमा एक जना महिलाको मृत्यु भएको छ । केदार स्युँ गाँउपालिका–१ बस्ने देशरी भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्न गएकी ३० वर्षीया भण्डारीको बिहीबार बिहान भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको परिवारका आफन्तले बताए ।