सर्वोच्च अदालतमा सिके राउत उपस्थित

काठमाडौं कार्तिक २९।रौतहटबाट पक्राउ परेका सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्च अदालतले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएकोमा उपस्थित गराइएको हो।

 

बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने सर्वोच्च स्रोतले जनाएको छ। अलग मधेशको वकालत गर्दै आएका राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो।