सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

काठमाडौं , कात्तिक ३० । निर्माणका लागि ठेक्का लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् ।

 

बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् ।

पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।आजको नेपाल समाचारपत्रबाट।