नेपाल आइडलको ‘टप ७’ मा,पुग्न सफल रविले पाए सबैभन्दा बढी भोट

काठमाडौं, कार्तिक ३० । सुदूरपश्चिमबाट एक मात्र सहभागी रवि ओड एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ मा  ‘टप ७’ मा पुग्न सफल भएका छन् ।

दर्शकको भोटका आधारमा उनी ‘टप ७’ मा पुग्न सफल भएका हुन् । आज धादिङका कृषल कडेँल बाहिरिएका छन् । रविले आज सर्वाधिक भोट पाएका छन् । उनले हिजो बिहीबार ‘खेलौला डेउडा’ बोलको लोकदेउडा गीत गाएका थिए । आजको अंकमा रविले २ वटा गीत गाएका थिए ।