पशुवस्तुमा अज्ञात रोग

हुम्ला,  मङ्सिर २ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पशुवस्तुमा अज्ञात रोग देखापरेको छ । गाउँपालिकाअन्तर्गत राया थाली गाउँमा पशुमा अज्ञात रोग देखापरेर गाईवस्तु मर्ने गरेको रायाका स्थानीयवासी वीर रावलले बताउनुभयो ।

 

कात्तिक–मङ्सिर शुरु भएसँगै चिसो बढेको हुनाले पाँचवटा गाईवस्तु एकै दिन मरेको रावलले बताउनुभयो । राया गाउँ निवासी चन्द्र रावलको गाई, गोरु, दल रावलका दुईवटा गाई र दिफ रावल र बुद्धि रावलको एक–एक गाई गरी पाँच वटा पशु मरेका छन् । वीर रावलका अनुसार पशुमा तिघ्रा सुन्निने, कोष हान्ने र अत्यधिक पशुको शरीर तातो भएर मर्ने लक्षण देखिएको बताउनुभयो ।

 

एक्कासि गाईवस्तुको मृत्यु हुन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । रागा र थाली गाउँमा पनि अहिले अज्ञात रोग देखापरेको बुद्धि रावलले बताउनुभयो । अधिकांश कृषकका पशु बिरामी भएकाले जिल्ला पशु कार्यलय र गाउँपालिका पशु इकाईमा समन्वय नभएको हुनाले उपचारमा ढिलाइ भएको बताइएको छ ।  रासस