आफ्ना बच्चालाई अनुसासित बनाउने तरिका हेर्नुहोस

काठमाडौँ । केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा ठूलो मुर्खता हुनसक्छ । 

 

हरेक दिनजसो घरमा अभिभावकले हकार्ने गरेका बच्चामा हीन भावना बढ्छ । उनीहरूमा निराश हुने दर पनि माथि छ । २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित एक अध्ययन अनुसार चर्को स्वरमा गाली खाने बालबालिकामा शारीरिक दण्ड पाउने बालबालिकामा देखिने जस्तै दुस्प्रभावपर्छ । उनीहरूमा तनाव, नैराश्यताकोतह उच्च हुन्छ । व्यवहारमा पनि समस्या देखिन थाल्छ ।
 

तपाईंले कतिपटक आफ्नो बच्चालाई चर्को स्वरमा गाली गरेपछि ‘हो, मैले ठिक गरेँ’ भन्ने लागेको छ ?

 
त्यसले तपाईंको नियन्त्रण क्षमता कदापि दर्शाउँदैन । बरु तपाईंका बालबालिका नियन्त्रण बाहिर छन् भन्ने देखिन्छ । तपाईं कमजोर रहेको देखाउँछ । साँचो अर्थमा भन्ने हो भने तपाईं बालबालिकालाई हकारिरहनुभएको छ, किनकि तपाईं कमजोर हुनुहुन्छ । त्यो व्यक्ति चर्को स्वरमा कराउँछ, जसलाई के गर्ने भन्ने थाहै हुँदैन ।
 
म आफैं लगायत अधिकांश अभिभावक कसरी बालबालिकालाई नहकारी दिन काट्ने भन्ने सोचिरहेका हुन्छौं । नयाँ अध्ययन अनुसार हकार्ने अभिभावकमा मुख्य रूपमा दुइटा समस्या देखिन्छन्– हकार्नुको विकल्पमा के गर्ने ? र कसरी हकार्न छाड्ने ?
 
व्यस्त सडकमा दौडिन नदिनका लागि बच्चालाई हकार्नेहरूका विषयमा यहाँ कुरा गर्न खोजिएको होइन । हामी बच्चाको गल्तीलाई सुधार्नका लागि हकार्ने विषयमा कुरा गरेका हौं । कराएर गाली गर्दैमा बच्चा सुध्रिँदैनन् । बरु उनीहरूमा पनि कराउने बानी बस्न जान्छ । हामी प्राय: बच्चालाई एकै विषयमा दिनदिनै कराउँछौं ।
 
र यो हरेक दिन बढ्छ । उनीहरूले हामीले भनेका कुरा सुन्न छाड्दै जान्छन् ।
 
‘लुगा मिलाएर राख । खाना खानआऊ । कुकुरलाई नजिस्काऊ । भाइसँग झगडा नगर ।
 
धेरैजना बच्चालाई नहकार्नु भनेको अल्छी हुनु हो भन्ने सोच्छन् । नहकार्ने अभिभावकको बच्चा अनुशासित नभए झैं । तर नहकार्नका लागि अभिभावक आफैंमा अनुशासित र योजनाबद्ध हुन जरुरी हुन्छ ।
 
बिहेभियरमा अभिभावकले चाहेको व्यवहार व्याख्या गरिएको हुन्छ । र कन्सिक्वेन्सेस अपेक्षित व्यवहार प्रदर्शन भएपछि त्यसलाई स्वीकृति प्रदान गर्नु हो । स्वीकृति प्रदान गर्दा उनीहरूले देखाएको व्यवहारलाई राम्रो भनेर उत्प्रेरित गर्नुका साथै शारीरिक रूपमा केही हाउभाउ गरेर स्याबासी दिनुपर्छ ।
 
बच्चालाई राति सुत्ने बेला जुत्ता ठिक ठाउँमा नभएकाले गाली गर्नुभन्दा भोलिपल्ट बिहान घर आएपछि आफ्नो जुत्ता ठिकसँग राख्न सम्झाउनुपर्छ । तपाईंले पनि घर फर्केपछि आफ्नो जुत्ता ठिक ठाउँमा राख्नुपर्छ । र बच्चाले तपाईंले चाहेकोस्थान नजिकै भए पनि जुत्ता राख्यो भने उसलाई राम्रो काम गर्‍यौ भनेर भन्नुपर्छ र स्याबासी दिनुपर्छ ।
 
 
स्याबासी दिन एबीसी विधि विशेष तरिका हो । यसलाई प्रभावकारी बनाउन कहिलेकाहीं नचाहे पनि मुस्कान आफ्नो अनुहारमा ल्याउनुपर्छ र त्यस्तै हाउभाउ देखाउनुपर्छ । सँगै खुसी भएर ठूलो स्वरमा स्याबासी दिनुपर्छ र स्याबासी दिनुको कारण पनि भन्नुपर्छ । बच्चालाई छोएर पनि स्याबास भन्नु जरुरी हुन्छ । यसले बच्चालाई आफूले के राम्रो गरेंँ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।
 
 
‘हामी बानी बनाउन चाहन्छौं,’ काजदिनले भने, ‘यो तरिकाले बच्चाको दिमागमा परिवर्तन गरिदिन्छ र सँगसँगै उनीहरूको नराम्रो बानी हराउँदै जान्छ ।’ उनले थपे, ‘अभिभावकमा पनि तनाव र नैराश्यता कम हुँदै जान्छ र पारिवारिक सम्बन्धसुमधुर बन्छ ।

 
बच्चाहरूले राम्रो व्यवहार देखाए भने कराउनै पर्दैन । कराउनु परेन भने बच्चाको व्यवहार राम्रो हुँदै जान्छ ।
 
यो तरिकाको सुन्दरता भनेको बच्चाले बिगार गर्नुभन्दा अगावै तपाईंसँग योजना हुन्छ । योजना बनाउँदा आफू पनि अनुशासित हुन जरुरी हुन्छ, जुन अभिभावकका लागि कठिन विषय हो ।
 
हामी कराउने प्रकृतिकै जीव हौं । यो बाँच्नका लागि चाहिने अपरिहार्य प्रवृत्ति पनि हो । तर हामीले जसको रक्षा गर्नुपर्ने हो, उसैमा यसको प्रयोग गरिरहेका छौं । बच्चालाई कराउन छाड्नु निकै गाह्रो विषय हो । नकराइ अभिभावकको भूमिका निर्वाह गरिरहेका छौं जस्तै हामीलाई लाग्दैन ।
 
सन् १९६० मा ९४ प्रतिशत अभिभावकले शारीरिक दण्ड दिन्थे । २०१० मा गरिएको एक सर्वेक्षणले उक्त आँंकडा घटेर २२ प्रतिशतमा झरेको देखाएको थियो । त्यसका कारण धेरै हुन सक्छन् । तर एउटा कुरा पक्कै हो, नपिटी बच्चाको व्यवहार परिवर्तन गर्न सकिन्छ भने त्यही प्रयोग गरिन्छ । पिटेर कामै छैन भने किन पिट्नु ? कराउनुमा पनि यही लागु हुन्छ । किन कराउनु ? त्यसले बच्चालाई राम्रो गर्दैन ।
 
तपाईं बच्चा कस्तो बनोस्, नबनोस् भन्ने चाहनुहुन्छ, त्यसैमा अनुशासित बनाउने विधि प्रभावकारी हुन्छ । स्याबासीले काम गर्छ । दण्डले गर्दैन ।